Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जामुनगाछी-केशलिया सडकको निर्माण कार्य सुरु, सागर थापाको सक्रियता

2023 Nov 6 4:16 PM 22

विज्ञापन

Birat Cancer Hospital
जामुनगाछी-केशलिया सडकको निर्माण कार्य सुरु, सागर थापाको सक्रियता
विराटनगर । लामो समयदेखि निर्माण हुन नसकेको हुलाकी सडक अन्तर्गत विराटनगरको जामुनगाछी केशलिया सडक खण्डको निर्माण कार्य सुरु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको सक्रियतामा सडक निर्माण कार्य सुरु भएको हो । थापाको पहलमा केही दिनअघि निर्माण कम्पनी देव एण्ड सायररभूमि ज्वाइन्ट भेन्चर र हुलाकी राजमार्ग निर्देशनालय बबरमहलका आयोजना निर्देशकबीच सडक निर्माण सुरु गर्ने सहमति भएको थियो । काठमाडौंमा भएको बैठकमा आयोजनाका निर्देशक अजयकुमार मुल, सिडिइ माधवप्रसाद अधिकारी, इटहरीस्थित योजना प्रमुख बलिराम मल्ल, निर्माण व्यवसायीका प्रतिनिधि वासुदेव उप्रेती र एमाले महानगर कमिटी अध्यक्ष थापा सहभागी थिए । लामो समयदेखि यो सडक नबन्दा यहाँका स्थानीयले तीनै तहका प्रतिनिधिको विरोध गर्दै नेतालाई गाउँ प्रवेशमा रोक लगाएका थिए । सडक निर्माण रोकिएका कारण स्थानीयसँगै सुनसरीको बर्जु लगायत हुलाकी सडकबाट यात्रा गर्ने हजारौंले लामो समय सास्ती व्यहोर्नु परिरहेको बेला एमाले महानगरका अध्यक्ष थापाको अग्रसरतामा सडक आयोजना र ठेकेदारबीच नयाँ समझदारी बनेको हो । निर्वाचित जनप्रतिनिधिहरुले जनताको सरोकार सम्बोधन गर्नुपर्नेमा उनीहरु गम्भीर नबनेपछि थापाले आफ्नो सक्रियता बढाएका थिए । ‘जनताको काम सबैले मिलेर गर्नुपर्छ, यसमा मैले केही भूमिका निर्वाह गर्ने अवसर पाएँ’ थापाले भने, ‘जनताले निर्वाचितहरुसँग अपेक्षा गर्नु स्वभाविक हुन्छ तर निर्वाचितहरु सरकार चलाउन व्यस्त हुँदा मैले जनताको काममा ध्यान लगाएको हुँ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?