Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चितवन निकुञ्जभित्र दुईवटा गैँडा मारिए, निकुञ्ज बेखबर

2023 Nov 17 8:32 AM 32

विज्ञापन

Birat Cancer Hospital
चितवन निकुञ्जभित्र दुईवटा गैँडा मारिए, निकुञ्ज बेखबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको भेटिएको छ । निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा खाल्डो खनेर दुई वयस्क पोथी गैँडा मारिएको अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उक्त क्षेत्रमा दुई फरक खाल्डो खनी दुईवटा पोथी गैँडा मारिएको अवस्थामा भेटिएको छ । मारिएकोमध्ये एउटा १८ वर्ष र अर्को ६ वर्षको पोथी गैँडा छन् । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ । १८ वर्षको गैँडाको करिब १० दिन र ६ वर्षको गैँडा ३ दिनअघि मारिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । १८ वर्षको गैँडाको चाहिँ खाग काटिएको हो वा आफैं झरेको हो चिनिन नसकिने अवस्थामा भएको उनले बताए । हिजो बिहीबार निकुञ्जको गस्ती टोलीले खाग नभएको अवस्थामा दुई गैँडा भेटेको हो । तिवारीका अनुसार चितवन अनुसार बिहीबार राति नै निकुञ्जको टोलीले गैँडाको मुचुल्का उठाइसकेको छ । गैँडा मारिएको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र हो । तिवारीले उक्त क्षेत्र निकुञ्ज प्रशासनको टोलीले निरन्तर गस्ती गरिरहेको स्थान हुँदाहुँदै पनि दुई गैँडा मारिदा प्रशासनलाई गम्भीर बनाएको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?