Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मध्यरातमा बालेनको कविता- यो देशलाई मान्छे चाहिएको छ

2023 Nov 24 8:36 AM 25

विज्ञापन

Birat Cancer Hospital
मध्यरातमा बालेनको कविता- यो देशलाई मान्छे चाहिएको छ
काठमाडौं । महानगरपालिकाका मेयर बालेन साहले धर्तीलाई माया गर्ने मान्छेको खाँचो रहेको बताएका छन् । पछिल्ला राजनीतिक तथा समसामयिक गतिविधितर्फ लक्षित गर्दै बालेनले यहाँ सबलाई नेता बन्न मन लागेको टिप्पणी गरेका छन् । मेयर साहले बिहीबार भएको दुई समूहबीचको शक्ति प्रदर्शनलाई लिएर मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा कविता लेख्दै यस्तो टिप्पणी गरेका हुन् । यो देशमा सबैलाई राजा, राष्ट्रपति,प्रधानमन्त्री, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको भन्दै उनले पहिले धर्तिलाई माया गर्ने मान्छे बन्न आग्रह गरे । धर्तिलाई माया गर्ने मान्छे बने अरु जनताले बनाइ दिने बताए । शुक्रबार दुर्गा प्रसाईं र एमालेको युवासंघको छुटाछुटै प्रदर्शनको कार्यक्रम गरिएको थियो । दुर्गा प्रसाईंले राजा ल्याउने भन्दै आन्दोलन गरेपछि मेयर साहले कवितामार्फत यस्तो टिप्पणी गरेका हुन् । यस्तो छ उनको कविता: यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हाल्छननी ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?