Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियान सुरु

2023 Nov 27 7:53 AM 38

विज्ञापन

Birat Cancer Hospital
भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियान सुरु
भोजपुर, ११ मङ्सिर । भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियानको सुरुआत गरिएको छ । यसअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि सरसफाइको थप निरन्तरताका लागि सो अभियान थालनी गरिएको हो । यस वर्षबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले दोस्रो चरणको पूर्ण सरसफाइ अभियान अघि बढाएको छ । सरसफाइको कार्यक्रमलाई निरन्तरता दिनका लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाइसम्बन्धी तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरतास्वरुप पुनः सरसफाइको कार्यक्रम अघि बढाएको हो । खुला दिसामुक्त भएपश्चात जिल्लाको सरसरफाइको अवस्थाबारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क सङ्कलन गरेर सोहीअनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले जानकारी दिनुभयो । कार्यालयले खानेपानी आयोजना सञ्चालनपूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाइको अवस्थाबारे आवश्यक सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ । “हामीले खानेपानी योजनासँगै सरसफाइका कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको भए पनि त्यसयता स्थानीय नागरिकको सरसफाइको अवस्थाबारेमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यहाँको सरसफाइलाई ध्यानमा राखेर पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।” विसं २०७६ असोज ४ गते भोजपुर पूर्ण खुला दिसामुक्त घोषणा भएयता पहिलोपटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाइ निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख सिंहको भनाइ छ । “सरसफाइ निरन्तर गरिने प्रक्रिया हो”, उहाँले भन्नुभयो, “एकपटक घोषणा गरेरमात्र यसले पूर्णता पाउने होइन । यहाँका ८१ वटै वडाको सरसफाइको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य छ ।” जनताको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाइ भए पनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख सिंहले बताउनुभयो । नागरिकको स्वस्थ्यसँग सरोकार राख्ने सरसफाइका लागि बजेट विनियोजन गर्दा विषेश ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “मानिसको महत्त्वपूर्ण पक्ष भनेको सरसरफाइ हो”, उहाँले भन्नुभयो, “तर सरसफाइको पक्षमा प्राथमिकताका साथ बजेट विनियोजन भएको अवस्था छैन । नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाइको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक छ ।” मानव जीवनको महत्त्वपूर्ण पक्ष सरसफाइ रहेकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । जिल्लामा दोस्रो चरणमा सुरु भएको सरसफाइ अभियानलाई पूर्णरूपमा कार्यान्वयनका लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । सरसफाइ कार्यक्रम सरकारी कार्यालय, होटल, सार्वजनिकस्थल लगायतमा पनि सञ्चालन गर्न सके अझ प्रभवाकारी हुने सहभागीले बताएका छन् । नेपाल जनस्वास्थ्य संस्थाको सहजीकरण र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आयोजनामा भएको तीनदिने पूर्ण सरसफाइसम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले सहभागिता जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न