Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कार्यक्रममा ढिलो आएर छिटै जान खोजेपछि कोशीका मुख्यमन्त्रीविरुद्ध नाराबाजी

2023 Nov 30 9:39 PM 64

विज्ञापन

Birat Cancer Hospital
कार्यक्रममा ढिलो आएर छिटै जान खोजेपछि कोशीका मुख्यमन्त्रीविरुद्ध नाराबाजी
विराटनगर । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्। बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औं स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि सहभागीहरूले नाराबाजी गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी हिडे ।‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्परसम्बन्धी’ कार्यक्रमका प्रमुख अतिथि बनेका कार्की निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो पुगेका थिए । उनी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । उनी पुगेको केही समयपछि आयोजकले मुख्यमन्त्रीको व्यवस्तताका कारण जानु पर्ने भन्दै सम्बोधनका लागि समय दिए । तर, सहभागी किसानले उठेर आफ्ना कुरा सुन्नुपर्ने भन्दै होहल्ला गरे । पोडियममा पुगेका मुख्यमन्त्री कार्कीले मुख्य समस्या राख्नुहोस्, सुन्छु भन्दै बोल्ने समय दिए । तीन जना किसानले कुरा राखेपछि कार्कीले मैले कुरा बुझे, अब मेरो कुरा पनि सुन्नुहोस् भन्दै आग्रह गरे । तर, सहभागीहरुले उठेर होहल्ला र नाराबाजी गर्नथालेपछि मुख्यमन्त्री कार्की सम्बोधन नगरी हिडेका हुन् । दुग्ध किसान, डेरी सञ्चालक तथा उद्योग सञ्चालक सहभागिता रहेको कार्यक्रममा सहभागीहरु मुख्यमन्त्री ढिलो आएर छिटो जान खोजेको भन्दै आक्रामक शैलीमा प्रस्तुत भएका थिए ।सहभागीले होहल्ला भएपछि मुख्यमन्त्री कार्की सम्बोधन नगरी कार्यक्रमबाट बाहिरिएको कार्कीका सल्लाहकार लिलाबल्लभ घिमिरेले जानकारी दिए । ‘कार्यव्यस्तताका कारण उहाँ केही ढिलो पुग्नु भएको थियो, सम्बोधन गर्न खोज्दा किसानले आफ्ना कुरा सुन्नुपर्छ भनेपछि उहाँले समय दिनुभयो, तर उहाँले बोल्न खोज्दा होहल्ला भयो,’ उनले भने,‘ व्यस्तता रहनुभएका उहाँ त्यसपछि सम्बोधन नगरी बाहिरिनु भयो ।’ ‘दिगो विकास एवं समृद्ध नेपाल निर्माण, पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको आवश्यकता’ भन्ने नारा दिएर कार्यक्रम आयोजना गरिएको थियो । तर, किसानले अराजक रुपमा प्रस्तुत भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला