Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेशको तयारी

2023 Dec 2 10:57 PM 60

विज्ञापन

Birat Cancer Hospital
बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेशको तयारी
तेह्रथुम बसन्तपुर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने नेकपा (एमाले) कोशी प्रदेश कमिटीले तयारी गरेकोछ । शनिबार बसन्तपुरमा आयोजना गरेको तयारी बैठकले १५ हजार जनसभागीता गराउने र सभालाई व्यवस्थित गर्न ५ सय स्वयमसेवक परिचालन गर्ने लगायतका निर्णय गरेको नेकपा ९एमाले० कोशी प्रदेश सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो । बैठकले बसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेकोछ । तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएकोछ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएकोछ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएकोछ । बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पार्नका लागि नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएकोछ । कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बुन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरिनेछ । तयारी यस्तो छ: कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेशले तयारी गरेकोछ । हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिनेछन्, ठाँउ विशेषका जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी गराउनु भयो । कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुंगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयम्सेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयम्सेवकहरु परिचालन हुने स्वयंसेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न