Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो

2023 Dec 12 12:23 PM 26

विज्ञापन

Birat Cancer Hospital
एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित, ६९ सदस्यीय कमिटी बन्यो
विराटनगर । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन ६९ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको छ। अधिवेशनले प्रदेश सम्पर्क कमिटीका पदाधिकारी र सदस्यहरु निर्वाचित गरेको छ । अधिवेशनबाट मोरङका नवराज घिमिरे अध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा संखुवासभाका विमल काफ्ले, सचिवमा झापाका रामकुमार काफ्ले (सुरज ) र उपसचिवमा ओखलढुंगाका राजेन्द्र गुरुङ र पाँचथरका शान्तिराम नेउपाने निर्वाचित भएका छन् । त्यसैगरी लेखा कमिटीको अध्यक्षमा हर्कबहादुर दाहाल, उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा रमेश घिमिरे र सदस्यहरुमा छत्रबहादुर बस्नेत र लाक्पा शेर्पा निर्वाचित भएका छन् । मंसिर २३ गते सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले उदघाटन गर्नु भएको अधिवेशनबाट भूगोलका सदस्यहरु सर्वसम्मत र थप पदाधिकारीहरु केही समावेशी पदहरुमा निर्वाचनका माध्यमबाट चयन भएका एमाले मोरङ-काठमाडौं सम्पर्क मंचका अध्यक्ष एवं कोशी प्रदेश सम्पर्क कमिटीका नवनिर्वाचित सदस्य सुभाष सिग्देलले जानकारी दिनु भयो । अध्यक्ष मण्डल, निर्वाचन कमिटी, सम्पर्क समन्वयका इन्चार्ज, प्रदेशका इन्चार्ज, समन्वयका पदाधिकारीहरु, निवर्तमान अध्यक्ष कपिलदेव ओली र सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक लगायत सबैलाई अधिवेशनमा सहयोग गरेकामा नवनिर्वाचित अध्यक्ष नवराज घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो