Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मन्दिरको नामको महँगो जग्गा व्यक्तिको नाममा, छानबिन गर्न संसददेखि गाउँपालिकासम्म माग

2023 Dec 12 3:40 PM 59

विज्ञापन

Birat Cancer Hospital
मन्दिरको नामको महँगो जग्गा व्यक्तिको नाममा, छानबिन गर्न संसददेखि गाउँपालिकासम्म माग
बर्जु। सुनसरीमा एक मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले आफनो नाममा पास गरेपछि कोशी प्रदेशको संसददेखि चिया पसलसम्म चर्चाको विषय भएको छ। केही वर्षअघि नौ कठ्ठा जग्गा ईश्वरीमाया सुवेदीले मन्दिरलाई दान दिनु भएको थियो । तर आजभोलि सो जग्गा मन्दिर सञ्चालन समितिमा रहेका व्यक्तिले आफन्तको नाममा मनोमानी ढंगले राजीनामा पास गरि दिएपछि तनावको विषय भएको छ । बर्जु गाउँपालिका- १ स्थित शुक्रहाट नजिक रहेको रामजानकी मन्दिरको जग्गा व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ। स्थानीय सुवेदीले  मन्दिरलाई दिएको जग्गा त्यहीँका स्थानीय बेलीदेवी यादवको नाम गरिएको हो । सुवेदीले दिएको किता नं. २ (क) १२९-०-९-० बर्जु गाउँपालिका-१ हुलाकी सडकमा अवस्थित रामजानकी मन्दिरको नाममा नामसारी भएको देखिन्छ । मन्दिर सञ्चालन समितिमा बर्जु -१ का खटर यादव, गुरुदयाल चौधरी र बर्जु -२ का विहारी कामत रहेका छन् । तर समितिमा रहेका व्यक्ति खटर यादवले नक्कली कागजात समेत बनाएर सट्टापट्टा गरेर उक्त जग्गा उनकी आमा बेलदेवीको नाममा नामसारी गरेका छन् । पछि फेरि कागज मिलाउँदै आमाको नाममा रहेको सोहीे जग्गा अहिले कान्छा छोरा भटाय यादवलाई नामसारी गरेको खुलेकाे छ । केही स्थानीयका अनुसार उक्त जग्गा हुलाकी राजमार्गले छुने भएकाले महँगो मूल्यको छ । जग्गाको मूल्य पाँच करोड रुपियाँ बराबर पुगेको छ । तर खटर यादवले बठ्याइँ गर्दै सडकले पनि नछुनेृ भित्री भागको नौ कठ्ठा जग्गा देखाएकोृ केही स्थानीयबासीको गुनासो छ । खटरले महँगो मूल्य पर्ने जग्गा कब्जा गरेको स्थानीयबासीको ठोकुवा छ ।अहिले खटरले देखाएको जग्गाको मूल्य प्रतिकठ्ठा एकलाख पनि पर्दैन । तर समितिका पदाधिकारी मिलेर आफ्न्तको नाममा पटकपटक नामसारी गरेको जग्गा पाँच करोड मूल्य बराबरको छ । खटर यादवलगायत तीनजना मिलेर हिनामिना गरेकोृ महँगो मूल्य पर्ने जग्गा फिर्ता हुनपर्ने गाउँपालिकादेखि सदनमा आवाज उठेको छ । जग्गा मनोमानी गरेको भन्दै कोशी प्रदेशसभा सदस्य डा हाजी इस्राइल मन्सुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । कोशी प्रदेशसभा अन्तर्गत आइतबार शून्य समयमा मन्तव्य राख्दै उनले ध्यानाकर्षण गराएका हुन । सांसद मन्सुरीले मनोमानी गरेर व्यक्तिको नाममा बनाइएको जग्गाको छिनाफानो चाँडो गर्न सरकारलाई सुझाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला