Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मन्दिरको नामको महँगो जग्गा व्यक्तिको नाममा, छानबिन गर्न संसददेखि गाउँपालिकासम्म माग

2023 Dec 12 3:40 PM 22

विज्ञापन

Birat Cancer Hospital
मन्दिरको नामको महँगो जग्गा व्यक्तिको नाममा, छानबिन गर्न संसददेखि गाउँपालिकासम्म माग
बर्जु। सुनसरीमा एक मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले आफनो नाममा पास गरेपछि कोशी प्रदेशको संसददेखि चिया पसलसम्म चर्चाको विषय भएको छ। केही वर्षअघि नौ कठ्ठा जग्गा ईश्वरीमाया सुवेदीले मन्दिरलाई दान दिनु भएको थियो । तर आजभोलि सो जग्गा मन्दिर सञ्चालन समितिमा रहेका व्यक्तिले आफन्तको नाममा मनोमानी ढंगले राजीनामा पास गरि दिएपछि तनावको विषय भएको छ । बर्जु गाउँपालिका- १ स्थित शुक्रहाट नजिक रहेको रामजानकी मन्दिरको जग्गा व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ। स्थानीय सुवेदीले  मन्दिरलाई दिएको जग्गा त्यहीँका स्थानीय बेलीदेवी यादवको नाम गरिएको हो । सुवेदीले दिएको किता नं. २ (क) १२९-०-९-० बर्जु गाउँपालिका-१ हुलाकी सडकमा अवस्थित रामजानकी मन्दिरको नाममा नामसारी भएको देखिन्छ । मन्दिर सञ्चालन समितिमा बर्जु -१ का खटर यादव, गुरुदयाल चौधरी र बर्जु -२ का विहारी कामत रहेका छन् । तर समितिमा रहेका व्यक्ति खटर यादवले नक्कली कागजात समेत बनाएर सट्टापट्टा गरेर उक्त जग्गा उनकी आमा बेलदेवीको नाममा नामसारी गरेका छन् । पछि फेरि कागज मिलाउँदै आमाको नाममा रहेको सोहीे जग्गा अहिले कान्छा छोरा भटाय यादवलाई नामसारी गरेको खुलेकाे छ । केही स्थानीयका अनुसार उक्त जग्गा हुलाकी राजमार्गले छुने भएकाले महँगो मूल्यको छ । जग्गाको मूल्य पाँच करोड रुपियाँ बराबर पुगेको छ । तर खटर यादवले बठ्याइँ गर्दै सडकले पनि नछुनेृ भित्री भागको नौ कठ्ठा जग्गा देखाएकोृ केही स्थानीयबासीको गुनासो छ । खटरले महँगो मूल्य पर्ने जग्गा कब्जा गरेको स्थानीयबासीको ठोकुवा छ ।अहिले खटरले देखाएको जग्गाको मूल्य प्रतिकठ्ठा एकलाख पनि पर्दैन । तर समितिका पदाधिकारी मिलेर आफ्न्तको नाममा पटकपटक नामसारी गरेको जग्गा पाँच करोड मूल्य बराबरको छ । खटर यादवलगायत तीनजना मिलेर हिनामिना गरेकोृ महँगो मूल्य पर्ने जग्गा फिर्ता हुनपर्ने गाउँपालिकादेखि सदनमा आवाज उठेको छ । जग्गा मनोमानी गरेको भन्दै कोशी प्रदेशसभा सदस्य डा हाजी इस्राइल मन्सुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । कोशी प्रदेशसभा अन्तर्गत आइतबार शून्य समयमा मन्तव्य राख्दै उनले ध्यानाकर्षण गराएका हुन । सांसद मन्सुरीले मनोमानी गरेर व्यक्तिको नाममा बनाइएको जग्गाको छिनाफानो चाँडो गर्न सरकारलाई सुझाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो