Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संघीयताबारे नकारात्मक टिप्पणी गर्नु उपयुक्त हाेइन: एमाले अध्यक्ष ओली

2023 Dec 24 3:03 PM 26

विज्ञापन

Birat Cancer Hospital
संघीयताबारे नकारात्मक टिप्पणी गर्नु उपयुक्त हाेइन: एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन् । तर शक्ति र स्रोतको बाँडफाँटबारे भने गम्भीर छलफल गर्नुपर्ने उनले बताए । एमालेको झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अभियानका क्रममा जनताले लोकतान्त्रिक प्रणाली बढी चासो र दृढता राखेको पाएको सुनाए । ‘अहिले संघीयतालाई सफल ढंगले कार्यान्वयन गर्न, त्यसलाई मजबुत बनाउन र सफल बनाउन कोसिस गर्नुपर्छ’, उनले अगाडि भने, ‘अहिलेको चरण त्यो हो । त्यस प्रयासमा हामी सबै लागिरहेका छौं ।’ यसमा (तीनै तहको सरकारले )आ-आफ्नो ठाउँमा राम्ररी काम सम्पादन गर्ने, जनतालाई सेवा र सुविधा पुर्‍याउने र जनताका समस्या समस्या समाधान गर्ने, विकासका काममा अगुवाइ गर्ने र भ्रष्टाचार नियन्त्रण गरेर संस्थाको औचित्यमाथि प्रश्न उठ्न नदिने ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘जनताको माग पनि त्यसप्रकार छ ।’ कुनै कुनै ठाउँबाट नामका प्रश्नमा झमेला खडा गरेको र कुनै ठाउँमा अरु प्रश्न उठाउने काम भएको भन्दै एमाले अध्यक्ष ओलीले यसबारे नेतृत्व तहमा गम्भीर छलफल गर्नुपर्ने बताए । उनले संघीयताका सन्दर्भमा वा शक्ति र स्रोतहरुको बाँडफाँटका सम्बन्धमा गरेका कामहरु कति फलदायी देखिए ? कति फलदायी नहुने अवस्था देखियो भनेर छलफल गर्नुपर्ने पनि बताए । ‘यो शक्ति विकेन्द्रीकरणको प्रश्न होइन, शक्तिको बाँडफाँटको प्रश्न हो’, उनले भने, ‘स्रोत साधानको बाँडफाँट भनेको सुशासनका लागि आवश्यक पर्ने आधारमा गर्ने हो, देशको विकास र जनताको सुविधाका लागि गर्ने हो ।’ संघीयता खारेज भइहाल्नुपर्छ वा अधिकार दिनुपर्छ भनेर सम्हाल्नै नसक्ने स्थिति बनाउनुपर्छ भन्नु दुबै अतिवादी सोच भएको उनले बताए । शक्ति र स्रोतको बाँडफाँटमा गम्भीर समस्या देखा परेको भन्दै उनले भने, ‘यसबारे गहिरिएर विचार गर्नुपर्छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?