Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

५ कक्षाको पाठ्यपुस्तक यस वर्ष जनक शिक्षाले छाप्ने

2024 Jan 5 7:42 AM 27

विज्ञापन

Birat Cancer Hospital
५ कक्षाको पाठ्यपुस्तक यस वर्ष जनक शिक्षाले छाप्ने
काठमाडौं । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भएको छ ।गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो । यस वर्ष भने १ देखि ४ कक्षासम्मको पुस्तक निजी प्रकाशकले र ५ देखि १० सम्मको पुस्तक जनक शिक्षाले छाप्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।मन्त्रालयका अनुसार यस वर्ष जनक शिक्षाले गत वर्ष भन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि ५ कक्षाको पुस्तक छाप्न दिइएको हो । ‘हामीले जनक शिक्षाको क्षमता र निजीसँगको सहकार्यको अनुभव र समयसीमाभित्र पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने कुरालाई दृष्टिगत गर्दा यो वर्ष १ देखि ४ निजीलाई र ५ देखि १० जनक शिक्षालाई दिनु उपयुक्त देखिएकाले निर्णय गरिएको हो’, प्रवक्ता सापकोटाले भने । जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा ५ को लागि करिब साढे चार लाख सेट पुस्तक प्रकाशन गर्नुपर्ने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?