Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

2024 Jan 10 3:07 PM 28

विज्ञापन

Birat Cancer Hospital
लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला
विराटनगर । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे । छाक काटेर जम्मा गरेको एक सय रुपैयाँ एक लाख भएपछि उनी दंग छिन् । लघुवित्त रंगेली शाखा प्रमुख खीरमती राजवंशीका अनुसार पेन्सन योजनामा सुनिताले १५ वर्षमा ३९ हजार रुपैयाँ जम्मा गरेकी थिइन् । लघुवित्तले ६१ हजार ब्याज थप गरेर एक लाख रुपैयाँ भुक्तानी गरेको हो । पेन्सन बचत परिपक्व भएपछि जीवन विकास लघुवित्तको रंगेली शाखाबाट मात्रै ३५ जनाले ३५ लाख रुपैयाँ भुक्तानी पाइसकेका छन् । लघुवित्तबाट निकालेको पेन्सन रकम छोरा छोरीको पढाई र खेतीमा खर्च गर्ने सुनिता र उनका श्रीमान धर्मेन्द्रको योजना छ । ‘छोरा छोरी पढाउन र बिहेबारीमा काम लाग्छ भनेर पेन्सन जम्मा गर्न थालेका थियौं,’सुनिताका श्रीमान धर्मेन्द्र भन्छन्,‘ यो पैसा छोरीको उच्च शिक्षामा खर्च गर्छु, थोरै घर खर्च पनि हुन्छ ।’ धनपालनाथ गाउँपालिका– ६ कालाबन्जारकी ७० वर्षीय सुखियादेवी सहनीले दुई वर्षअघि नातिनीको बिहे गर्दा जग्गा धितोमा राखेकी थिइन् । दुःखले जोडेको जग्गा साहुले लैजान खोजेपछि गत भदौमा पेन्सन योजनाको एक लाख रुपैयाँ निकालेर लालपूर्जा उकासिन् । जग्गाको लालपूर्जा अहिले उनीसँगै छ । २० वर्षअघि जीवन विकास लघुवित्तको केन्द्र नम्बर १७ को सदस्य बनेकी उनले २०६५ सालमा पेन्सन योजना अन्तरगत हरेक बैठकमा एक सय रुपैयाँ जम्मा गरेकी थिइन् । ‘हिजो पेन्सन बचत गर्न मन मान्दैनथ्यो, सर–मिसले (कर्मचारी) पटक पटक भनेपछि बचत गरे,’उनले भनिन्,‘ आज एकमुष्ट पैसा पाउँदा ठूलो दुःख टर्याे, डुब्न आँटेको जग्गा जोगियो ।’ पेन्सन योजना अन्तरगत जम्मा गरेको बचत परिपक्क भएपछि निकाल्न नचाहे सदस्यले मासिक रुपमा पेन्सन पाउँने जीवन विकास लघुवित्त कर्सिया शाखा प्रमुख गायत्री पोखरेलले बताए । ‘अवधि पुगेको एक लाख पेन्सन संस्थामै राखे सदस्यले मासिक एक हजार,’ उनले भने,‘ पाँच लाखको योजना भए मासिक पाँच हजार पेन्सन पाउँछन् ।’ राष्ट्र बैंकले रोक लगाएपछि पेन्सन योजना २०७६ सालदेखि बन्द भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । त्यसअघि खुलेका पेन्सन योजना नियमित रुपमा चलिरहेका छन् । क्षमता अनुसार १५ वर्ष बचत गरेपछि पेन्सन पाउने योजनाले सर्वसाधरणको जीवनस्तर उकास्ने बताउँदै उनले राष्ट्र बैंकलाई रोक लगाउने निर्णय पुनर्विचार गर्न आग्रह गरे । ‘यो योजनाले बचतको बानी नभएका नागरिकलाई बचत गर्न प्रोत्साहित गर्छ,’ उनले भने,‘राष्ट्र बैंकले नियमन गर्ने गरी पेन्सन योजना सुचारु गरिदिए ग्रामिण क्षेत्रका विपन्नहरुलार्ई सहज हुन्छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?