Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

राजधानी युवा क्लबको पाँचौ साधारण सभा सम्पन्न

2024 Jan 13 2:18 PM 123

विज्ञापन

Birat Cancer Hospital
राजधानी युवा क्लबको पाँचौ साधारण सभा सम्पन्न
बिराटनगर । राजधानी युवा क्लब बिराटनगर –३ ले आफनो स्थापनाको पाँचौ बर्ष पुगेको उपलक्ष्यमा बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  बर्ष भरि गरेको बिभिन्न गतिबिधी र भावी कार्ययोजना सहित समानित सभा हलमा क्लबका अध्यक्ष राजु ढकालले कार्य योजना प्रस्तुत गरेका थिए ।पाँचौ साधारण सभाको प्रमुख अतिथि पुर्ब कोशी प्रदेशका समाजिक बिकास मन्त्री जीवन घिमिरेले सबैको प्रयास र यहीका स्थानीय बासिन्दाहरुको सक्रिय सहभागिताका कारण यति छिटो यो क्लबले उन्नती गर्न सफल भएको हो । आफु मन्त्रि हुदाको कार्यकालमा प्रदेश सरकारले गर्न सक्ने आर्थिक तथा भौतिक सहयोग यस क्लबलाई गरेको थिए ।मेरो सहयोग र अन्य सुझाब यस क्लब प्रति अझै रहेको छ र भोली पनि रहने छ । ब्यायामशाला, स्नानघर लगायत अझै अपुरो काम रहेको हुनाले यस तर्फ सबैको सहयोग र प्रदेश सरकारले पनि सहयोग गर्ने कुरामा बिश्वस्त रहेको मन्त्रि घिमिरेले बताए । बिगतमा टेक बहादुर निरौला, योगेन्द्र शर्मा, भिम कुमार राई, प्रभुराम आचार्य लगायतको समुहले जग्गा प्राप्ती देखि कानुनी प्रकिया पुरा गरेका हुनाले उहाँहरुको योगदानलाई क्लब बिर्सन नसक्ने अध्यक्ष ढकालले जानकारी गराए । उद्धघाटन सत्रमा बिराटनगर महानगरपालिका वार्ड न. ३ का अध्यक्ष बासु बहादुर बस्नेतले क्लबमा अधुरा र बाँकी गर्नु पर्ने पुर्बाधारहरु सक्ने सम्म वडा कार्यालयले गरिदिने बाचा गरे । पहिलो सत्रको अध्यक्षता क्लबका अध्यक्ष राजु ढकालले गरेका थिए भने साधारण सभाको उद्धघाटन प्रमुख अतिथि कोशी प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्रि जीवन घिमिरे गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा आर्थिक तथा साघाठानिक प्रतिबेदन प्रस्तुत गरी हलले पास गरेको थियो । कार्यक्रम सन्चालन क्लबका सचिब फुलथुँगा खतिवडाले गरेकी थिइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?