Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्री कप: कोशीलाई २५ रनमा अल आउट गर्दै गण्डकीको पहिलो जित

2024 Jan 21 3:02 PM 32

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्री कप: कोशीलाई २५ रनमा अल आउट गर्दै गण्डकीको पहिलो जित
७ माघ, काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ । गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५।२ ओभरमा २५ रनमा अल आउट भयो । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो । कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै खोल्न सकेनन् । गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३।२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८।२ ओभरमा १६७ रनमा अल आउट भएको थियो । गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । ६ विकेट लिएका विपिन खत्रीले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए । एक समय ७३९६ को अवस्थामा पुगेको गण्डकीलाई सातौं विकेटका लागि विपिन र मुश्कानले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कोशीका बायाँ हाते तीव्र गतिका बलर अभ्यास तिमिशिनाले ९।२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । कोशी लगातार छैटौं हार हो । यो हारसँगै कोशी शीर्ष चार दौडबाट पनि बाहिरिएको छ । गण्डकी भने ४ खेलमा १ मा जित र ३ मा हारसहित नवौं स्थानमा छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?