Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सूर्यदर्शन सहकारी प्रकरण : थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

2024 Jan 28 2:57 PM 62

विज्ञापन

Birat Cancer Hospital
सूर्यदर्शन सहकारी प्रकरण : थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस
काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला