Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बैंक मिटरब्याजी जस्तै बनेको एमाले अध्यक्ष ओलीको टिप्पणी

2024 Feb 2 1:54 PM 48

विज्ञापन

Birat Cancer Hospital
बैंक मिटरब्याजी जस्तै बनेको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले बैंक मिटरब्याजी जस्तै बनेको टिप्पणी गरे । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए । तर त्यसका लागि आधार बैंकहरुले पनि दिएको भन्दै उनले भने, ‘बैंक मिटर व्याजी होइन र रु तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए । ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन’ उनले भने, ‘बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेनुपर्छ ।’ बैंकको व्याजदरमाथि पनि प्रश्न उठाए । सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए । उनले दुई पक्षीय सहमति विना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने समेत बताए । ‘मैले ९ प्रतिशतमा लिएँ, अलि पछाडि १२ प्रतिशत पुग्यो, अलि पछाडि १४ प्रतिशत पुग्यो’ एमाले अध्यक्ष ओलीले भने, ‘ऋण यति लिएको छु भनेर तिर्न जाँदा खल्तीमा बोकेको त के, झोलामा बोके पनि नपुग्ने गरी हिसाब राखेको छ । के भयो भन्दा यसबेलादेखि यति दर बढ्यो ।’ बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन्, बिकासका सहयोगी बन्नुपर्ने ओलीको जोड छ । उनले बीमा नीतिमाथि पनि प्रश्न उठाएका छन् । बीमाको २र४ वर्ष प्रिमियम तिर्ने र बीचमा छोडेकाहरुको रकम फिर्ता नपाउने गरेको भन्दै एमाले अध्यक्ष ओलीले अघि भने, ‘ओभरहेड खर्च जति कटाएर त दिनुपर्‍यो नि !’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?