Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपालमा निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढ्यो

2024 Feb 19 1:32 PM 32

विज्ञापन

Birat Cancer Hospital
नेपालमा निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढ्यो
काठमाण्डौ । नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको सरकारी तथ्याङ्क छ । मानसिक स्वास्थ्यसँगै जोडिएर पछिल्लो समय आत्महत्याको समस्या पनि बढ्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदाशीनतासँग सम्बन्धित छ । आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या रहेको डाक्टरहरुको भनाइ छ । आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारण पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ । आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत पूर्व जानकारी दिन्छ । त्यसैले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने डाक्टरहरुले बताएकाछन् । यस्तै, मनलाई खुसी राख्न सके मनोरोग नलाग्ने र आत्महत्याका घटनामा पनि कमी आउने डाक्टरको सुझाव छ । मनलाई खुसी बनाउन तनावपूर्ण र समस्याग्रस्त अवस्थामा समेत सकारात्मक सोचको आवश्यकता पर्ने मनोचिकित्सक डा।सरोज ओझाले बताउनुभयो । आएका समस्या समाधान गर्नेतिर नलागि आत्महत्यालाई उपायको रुपमा नलिन डा.ओझाको सुझाव छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो