Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र

2024 Mar 21 10:50 PM 29

विज्ञापन

Birat Cancer Hospital
विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र
धनकुटा । विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र बसेको छ । पाख्रिबास नगरपालिकाको वनभोजस्थलमा निर्मित हवाईजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले खडेरी र वर्षात्को मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीयस्थल सनसारीमाई सिमसार क्षेत्रमा सम्पन्न भएको बताउनुभयो । आम नागरिक र सरोकारवालालाई दैवी प्रकोप तथा विपद्का विषयमा जागरुक बनाएर यसको न्यूनीकरण गर्न नयाँ तरिकाले बैठक राखिएको उहाँको भनाइ छ । चालक बस्ने हवाईजहाजको अघिल्लो भागमा स्थानीय तहका प्रमुख र यात्रु बस्ने सिटमा विपद्सम्बन्धी काम गर्ने जिल्ला तथा अन्तर्गतका सात वटै स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए । विभिन्न विषयमा भएको छलफलपछि समितिले मनसुन प्रतिरक्षा योजना र विपद् प्रतिरक्षा योजना बनाउने जिम्मा नेपाल रेडक्रस सोसाइटी धनकुटालाई दिइएको छ ।बैठकमा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आफ्नो स्थानीय तहमा विपद न्यूनीकरणका लागि भइरहेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?