Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बाबा रामदेव र उनका सहयोगी बालकृष्णले अदालतसँग मागे माफी

2024 Apr 2 5:55 PM 54

विज्ञापन

Birat Cancer Hospital
बाबा रामदेव र उनका सहयोगी बालकृष्णले अदालतसँग मागे माफी
दिल्ली । योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् ।  नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने भन्दै भ्यासिनेशन र एलोप्याथीविरुद्ध गलत प्रचार गरेको थियो । त्यसविरुद्ध सन् २०२२ अगस्ट १७ मा इन्डियन मेडिकल एसोसियशनले पतञ्जलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटउपर बहसको लागि गत महिना पेशी तोकिएमा पतञ्जलीका संस्थापक रामदेवलाई इजलासमा अनिवार्य उपस्थित हुन अदालतले आदेश दिएको थियो । तर, अदालतको आदेश अटेर गर्दै उनले आफ्ना वकिल बलिविर सिंहलाई बहसमा पठाएका थिए । सर्वोच्चले वकिल सिंहमार्फत् रामदेवलाई अन्तिम पत्र पठाउदै अप्रिल २ ९आज०को मिति तोकेर अदालतमा उपस्थित नभए कम्पनीमाथि नै कारवाही हुने चेतावनी दिएपछि आज आचार्य बालकृष्णसँगै उनी अदालतमा उपस्थित भए । न्यायाधिशद्वय हिमा कोहली र अमान तुल्लाहको संयुक्त इजलासले रामदेवलाई विभिन्न प्रश्नहरु गर्दै इजलासमा र्याखर्याख्ती पारेको थियो । ुसर्वोच्च अदालतको मात्र होइन, देशको जुनसुकै अदालतको आदेश तपाईले मान्नुपर्छ । तर तपाईले त अदालतको आदेश नै उल्लंघन गरेर सीमा नाघिसक्नुभयोु, इजलासमा न्यायाधीशले चेतावनीको भाषामा सम्झाएका थिए । गत महिना सर्वोच्चले अनिवार्य उपस्थित हुन आदेश जारी गरेपछि रामदेवले अटेरी गर्दै उल्टै अदालतका न्यायाधिशविरुद्ध धावा बोलेका थिए । सोही प्रंसगमा संयुक्त इजलाशले थप भनेको छ, ुअबको ७ दिनभित्र चित्त बुझ्दो जवाफ दिनुभएन भने हामीविरुद्ध झूठो बयानबावी गरेको केसमा हामी नै तपाईलाई हिरासतमा राख्न आदेश दिनेछौ । भ्रम फैलाउनुको पनि हद् हुन्छ, तपाईले हद नाघिसक्नु भयो ।ु जवाफमा रामदेवले माफी मागेको र सर्वोच्चले सुनाउने फैसला आफूलाई मान्न हुने बताएको दैनिक भाष्करले उल्लेख गरेको छ । मुद्धाको अन्तिम सुनुवाई आगामी १० अप्रिलमा हुनेगरी तोकिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?