Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

इलाम-२ मा सुहाङले ५ हजार मत अन्तरले जित्ने दावी

2024 Apr 7 1:40 PM 32

विज्ञापन

Birat Cancer Hospital
इलाम-२ मा सुहाङले ५ हजार मत अन्तरले जित्ने दावी
झापा। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि ५ हजार मतको अन्तरले जित्ने दावी गरेका छन् । शनिबार इलाम–२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारसहित २० जनाले मनोनयन दर्ता गराएका छन् । सुहाङले मनोनयन दर्ता गरेपछि एमालेका स्थायी समिति सदस्य कार्कीले पहिला उम्मेदवार हुन पार्टी हेरिन्थ्यो, अहिले व्यक्ति हेरिएको बताए । इमानदार र दाग नलागेका शालिन नेता सुवास नेम्बाङका छोरा जसले बुबाको निधन पश्चात बुबाको विरासत जोगाउने प्रण गरेका एक कुशल युवा व्यक्तिका रुपमा सुहाङलाई उम्मेदवार बनाएर पार्टीले सहि निर्णय गरेको उनको भनाई छ । ‘अरु विदेश गइरहेका छन्’, नेता कार्कीले भने–‘उनी विदेशबाट आफ्नै देशमा केहि गर्छु भनेर नेपाल आए । वकिल पेशासँगै आफ्नै क्षेत्रमा विकास र बुबाको विरासत कायम राख्छु लगायतका काम गर्छु भनेर राजनीतिमा होमिएका एक युवालाई पार्टीले टिकट नदिनु दुःखद हुने थियो । त्यहि भएर सबैको सल्लाहमा उम्मेदवार बनाएका छौँ ।’ उनले भने–‘सुवास नेम्बाङले किरात धर्मको पहिचानको पक्षमा गरेका धेरै योगदानलाई अबमुल्यन हुन दिदैनौँ । धार्मिक पर्यटन, आत्मनन्दनका बुबा फाल्गुनन्दनको विभुति स्थापना गर्न होस् वा इलामको विकास र युवा वर्गमा गरेको योगदान कसैले विर्सनु हुँदैन ।’ कांग्रेस उम्मेदवार डम्बर खड्का २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । यता खड्काले २९ हजार ९०६ मत मात्र प्राप्त गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो