Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

इलाम-२ मा सुहाङले ५ हजार मत अन्तरले जित्ने दावी

2024 Apr 7 1:40 PM 68

विज्ञापन

Birat Cancer Hospital
इलाम-२ मा सुहाङले ५ हजार मत अन्तरले जित्ने दावी
झापा। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि ५ हजार मतको अन्तरले जित्ने दावी गरेका छन् । शनिबार इलाम–२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारसहित २० जनाले मनोनयन दर्ता गराएका छन् । सुहाङले मनोनयन दर्ता गरेपछि एमालेका स्थायी समिति सदस्य कार्कीले पहिला उम्मेदवार हुन पार्टी हेरिन्थ्यो, अहिले व्यक्ति हेरिएको बताए । इमानदार र दाग नलागेका शालिन नेता सुवास नेम्बाङका छोरा जसले बुबाको निधन पश्चात बुबाको विरासत जोगाउने प्रण गरेका एक कुशल युवा व्यक्तिका रुपमा सुहाङलाई उम्मेदवार बनाएर पार्टीले सहि निर्णय गरेको उनको भनाई छ । ‘अरु विदेश गइरहेका छन्’, नेता कार्कीले भने–‘उनी विदेशबाट आफ्नै देशमा केहि गर्छु भनेर नेपाल आए । वकिल पेशासँगै आफ्नै क्षेत्रमा विकास र बुबाको विरासत कायम राख्छु लगायतका काम गर्छु भनेर राजनीतिमा होमिएका एक युवालाई पार्टीले टिकट नदिनु दुःखद हुने थियो । त्यहि भएर सबैको सल्लाहमा उम्मेदवार बनाएका छौँ ।’ उनले भने–‘सुवास नेम्बाङले किरात धर्मको पहिचानको पक्षमा गरेका धेरै योगदानलाई अबमुल्यन हुन दिदैनौँ । धार्मिक पर्यटन, आत्मनन्दनका बुबा फाल्गुनन्दनको विभुति स्थापना गर्न होस् वा इलामको विकास र युवा वर्गमा गरेको योगदान कसैले विर्सनु हुँदैन ।’ कांग्रेस उम्मेदवार डम्बर खड्का २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । यता खड्काले २९ हजार ९०६ मत मात्र प्राप्त गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला