Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका महिलाला सिलाइ मेसिन दियो

2024 Apr 7 6:41 PM 72

विज्ञापन

Birat Cancer Hospital
माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका महिलाला सिलाइ मेसिन दियो
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका ९ महिलालाई सिलाइ मेसिन वितरण गरेको छ । मञ्चले ती महिलालाई सिलाइ–कटाइको तीन महिने तालिम गराएर सिलाइ मेसिन प्रदान गरेको हो । मञ्चको संयोजनमा एबीसी नेपालले सिलाइ–कटाइको तालिम उपलब्ध गराएको थियो । आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले उनीहरूलाई मेसिन हस्तान्तरण गरिन् । उपप्रमुख कार्कीले प्रशिक्षार्थीलाई सम्बोधन गर्दै तालिम र साधनले मात्र तालिमको उद्देश्य पूरा नहुने हँदा आफूले सिकेको सिपलाई व्यवहारमा ल्याउनुपर्ने बताइन् । कार्कीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने चर्चा गर्दै महिलालाई आत्मनिर्भर बनाउन उनीहरूलाई शिक्षा र सिप दिनुपर्ने धारणा प्रकट गरिन् । मञ्चका अध्यक्ष पूनम राठीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारणले अधिकारमा पछि परेको बताइन् । अध्यक्ष राठीले महिला आर्थिक रूपमा आत्मनिर्भर भएमा उनले कसैको हेपाइ सहनु नपर्ने र घर तथा समाजमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरिन् । राठीले भनिन्, ‘त्यसैले महिलाहरू आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले हामीले सिलाइ–कटाइको तालिम गराएर सिलाइ मेसिन पनि दिएका हौँ । उक्त अवसरमा मञ्चका तर्फबाट एबीसीलाई पनि २ वटा सिलाइ मेसिन प्रदान गरिएको थियो । कार्यक्रममा एबिसी नेपालका अध्यक्ष विष्णु पन्त शर्मा, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, अखिल भारतवर्षीय माहेश्वरी परिषदका कार्यकारी सदस्य बजरङ्ग बाहेती, अखिल भारतवर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडा, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा र माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठीले शुभकामना मन्तव्य प्रकट गरे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न