Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चैत २७ गतेदेखि चतरामा सुरु हुने महाकुम्भ मेलाको भब्य तयारी, राष्ट्रपतिले उद्घाटन गर्ने

2024 Apr 7 7:55 PM 63

विज्ञापन

Birat Cancer Hospital
चैत २७ गतेदेखि चतरामा सुरु हुने महाकुम्भ मेलाको भब्य तयारी, राष्ट्रपतिले उद्घाटन गर्ने
धरान । सुनसरीको धार्मिक एवम् पर्यटकीय स्थल चतरा धाममा बाह्बर्से पूर्ण महाकुम्भ मेला उद्घाटनको भब्य तयारी भइरहेको छ । यही चैत्र २७ गतेबाट सुरू हुने महाकुम्भ मेला आयोजनाका लागि सानातिना कामहरु बाहेक अरु सबै तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मेला स्थल वरिपरि सरसफाई, स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको महाकुम्भ मेला मूल आयोजक समितिका सहसंयोजक बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनु भयो । चैत २७ देखि वैशाख २७ गतेसम्म सञ्चालन हुने १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जानकारी दिएको छ । एक महिनासम्म चल्ने उक्त मेलामा नेपालका सुदूरपश्चिम लगायत मध्यपश्चिम र अन्य भागबाट समेत श्रद्धालुहरुको सहभागिता रहने साथै भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाको उल्लेखीय सहभागिता रहने सहसंयोजक कार्कीले जानकारी दिनु भयो । भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्थासमेत मिलाइएको छ । कुनै आपत पर्दा २४ घण्टा नै दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको छ । कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलालाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिश र संघीय सरकारका मन्त्री तथा जनप्रतिनिधीहरुलाई सेमत निमन्त्रणा गरिएको जगत्गुरुले जानकारी दिनु भयो । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । नेपालको सुनसरीस्थित चताराधाम र भारतको हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमै जम्मा ५ स्थानमा १२र१२ वर्षमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाका नामले चिनिन्छन् । पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा कुम्भ मेलामा स्नान गर्न जाने गर्छन् । नेपालसहित अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने अपेक्षा गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला