Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चैत २७ गतेदेखि चतरामा सुरु हुने महाकुम्भ मेलाको भब्य तयारी, राष्ट्रपतिले उद्घाटन गर्ने

2024 Apr 7 7:55 PM 31

विज्ञापन

Birat Cancer Hospital
चैत २७ गतेदेखि चतरामा सुरु हुने महाकुम्भ मेलाको भब्य तयारी, राष्ट्रपतिले उद्घाटन गर्ने
धरान । सुनसरीको धार्मिक एवम् पर्यटकीय स्थल चतरा धाममा बाह्बर्से पूर्ण महाकुम्भ मेला उद्घाटनको भब्य तयारी भइरहेको छ । यही चैत्र २७ गतेबाट सुरू हुने महाकुम्भ मेला आयोजनाका लागि सानातिना कामहरु बाहेक अरु सबै तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मेला स्थल वरिपरि सरसफाई, स्नान स्थल निर्माणसहित सम्पूर्ण व्यवस्थापन पूरा भएको महाकुम्भ मेला मूल आयोजक समितिका सहसंयोजक बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनु भयो । चैत २७ देखि वैशाख २७ गतेसम्म सञ्चालन हुने १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जानकारी दिएको छ । एक महिनासम्म चल्ने उक्त मेलामा नेपालका सुदूरपश्चिम लगायत मध्यपश्चिम र अन्य भागबाट समेत श्रद्धालुहरुको सहभागिता रहने साथै भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाको उल्लेखीय सहभागिता रहने सहसंयोजक कार्कीले जानकारी दिनु भयो । भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्थासमेत मिलाइएको छ । कुनै आपत पर्दा २४ घण्टा नै दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको छ । कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलालाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिश र संघीय सरकारका मन्त्री तथा जनप्रतिनिधीहरुलाई सेमत निमन्त्रणा गरिएको जगत्गुरुले जानकारी दिनु भयो । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । नेपालको सुनसरीस्थित चताराधाम र भारतको हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमै जम्मा ५ स्थानमा १२र१२ वर्षमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाका नामले चिनिन्छन् । पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा कुम्भ मेलामा स्नान गर्न जाने गर्छन् । नेपालसहित अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने अपेक्षा गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?