Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु

2024 Apr 9 11:33 AM 78

विज्ञापन

Birat Cancer Hospital
सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु
विराटनगर । सुनसरीको चतराधाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुँदैछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए । एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ । कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक समेत गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नानस्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भन्डारा लगायत पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ । धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने मेला सहसंयोजक एवं वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । भारत बाहेक विभिन्न देशका साधु सन्त लगायत भक्तजनहरूको पनि सहभागिता रहने नगरप्रमुख कार्कीले बताए । वराहक्षेत्रको प्राचीन हरिद्वारा चतरा धाममा हरेक १२ वर्षमा एक महिने पूणर्महाकुम्भ मेला लाग्ने गरेको छ । यस्तै ६–६ वर्षमा अर्ध कुम्भ मेला समेत लाग्दै आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला