Live
| शुक्रबार, बैशाख ४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले र माओवादीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने

2024 Apr 9 12:40 PM 20

विज्ञापन

Biratkhavar
एमाले र माओवादीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने
विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन्। १ महिनाभित्र विश्वासको मत नलिए स्वत: पदमुक्त हुने दुई दलको दाबी छ। मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ ९२० अन्तर्गत विश्वासको मत लिनुपर्ने बताएको हो । सो धारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । संविधानको धारा १६८ ९५० अन्तर्गत मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले दलको तर्फबाट विश्वासको मत दिएको थियो । माओवादी का कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईँले एमाले र माओवादीले विशेष अधिवेशन माग गरेकाले एक महिनाअगाडि नै मुख्यमन्त्री अल्पमतमा रहेको संसदमा देखाउने बताए । उनले मुख्यमन्त्रीले अटेर गरे प्रदेशसभामा संकल्प प्रस्ताव समेत पास गर्न सक्ने भएकाले सरकार परिवर्तन हुने बताए । पत्रकार सम्मेलनमा प्रमुख सचेतक भण्डारीले अल्पमतमा सरकार परेकाले नया कार्यक्रमहरु स्विकृत नगर्न, योजनाहरू काट्न र कर्मचारी हरूको सरुवा नगर्न समेत आग्रह गरेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान