Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पास गर्ने तयारी, राप्रपा तटस्थ र जसपा पक्षमा उभिने

2024 Apr 19 12:41 PM 64

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पास गर्ने तयारी, राप्रपा तटस्थ र जसपा पक्षमा उभिने
विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ। बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो । सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ। मुख्यमन्त्रीको जवाफ पछि सङ्कल्प प्रस्ताव आजै पारित गरेर विशेष अधिवेशन अन्त्य गर्ने तयारी प्रदेश सभा सचिवालयको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको छ। सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्नेसमेत उल्लेख छ । सङ्कल्प प्रस्तावमा नेपालको संविधानको धारा १८८ ९२० बमोजिम मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा त्यसपछिका दिनमा सरकारको वैधानिकता समाप्त हुने हुँदा प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम नयाँ वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुहुने तथ्यसहितको सन्देश प्रदेश प्रमुखलाई प्रदेशसभाको बैठकबाट प्रवाह गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिने उल्लेख छ । कोशी प्रदेश सभामा बहुमत पुग्न ४७ सदस्यको आवश्यकता पर्दछ । ९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा कोशी प्रदेशमा नेकपा एमालेका उप सभामुख सहित ४० जना प्रदेश सभा सदस्य छन् । कोशी प्रदेश सभामा माओवादीका १३ प्रदेश सभा रहेका छन् । कोशी प्रदेश सभामा सभामुख सहित ६ सिट रहेको राप्रपा भने सङ्कल्प प्रस्तावका विषयमा तटस्थ रहने भएको छ । राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले संसदीय दलले तटस्थ बस्ने निर्णय गरेको बताए । उनले भने, ‘हामीले पक्षमा या विपक्षमा रहँदा कुनै फरक नपर्ने भएकाले तटस्थ बस्ने निर्णय गरेका हौं ।’ प्रस्ताव पास या फेल हुने अवस्था आए तत्काल निर्णय गर्ने सिटौलाले बताए । यस्तै जनता समाजवादी पार्टी जसपाले भने सङ्कल्प प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । जसपाको कोशी प्रदेश सभामा एक सिट रहेको छ । जसपाका प्रदेश सभा सदस्य निर्मला सुब्बाले पार्टीको निर्देशन अनुसार पक्षमा बोल्ने पक्षमा उभिने बताइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न