Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देशका केही भागमा भारी वर्षा हुने,सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

2024 Jun 23 7:42 AM 84

विज्ञापन

Birat Cancer Hospital
देशका केही भागमा भारी वर्षा हुने,सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला