Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार महासंघलाई चुनाव लाग्यो, कोशीको तालाबन्दीले चुनाव हुनेमा आशंका

2024 Jun 23 7:56 AM 38

विज्ञापन

Birat Cancer Hospital
पत्रकार महासंघलाई चुनाव लाग्यो, कोशीको तालाबन्दीले चुनाव हुनेमा आशंका
विराटनगर । नेपाल पत्रकार महासंघको चुनावी माहोल बढ्दै गएको छ । आगामी असार २२ गते मतदान हुनेगरी महाधिवेशनको चुनावी माहोल तात्दै गएको हो । पत्रकार अगुवाहरु को कुन पदमा उठ्ने भनेर जोड घटाउ गर्न व्यस्त छन् । पत्रकारसँग आबद्ध संगठनका बैठकहरु बसिरहेका छन् । यता पत्रकार महासंघले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। महासङ्घको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो । चुनावी कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि त्यही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । यसअघि असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने महासङ्घको निर्वाचन समितिले जनाएको छ। यसैबीच पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा प्रेस युनियनले एक महिनादेखि लगाएको ताला जारी नै छ । वार्ता मिलेर ताला खुल्ने छाँटकाँट देखिएको छैन । जसका कारण २२ गते चुनाव हुने/नहुने अन्यौल छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?