Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरको बसपार्कमा रु १५ लाखमा जियोन युनिसेक्स सैलुन सञ्चालन

2024 Jul 23 10:50 AM 42

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको बसपार्कमा रु १५ लाखमा जियोन युनिसेक्स सैलुन सञ्चालन
बिराटनगर ।  विराटनगरको बसपार्कमा रहेको  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन  एक कार्याक्रमको समारोहमा कोशी प्रदेशको  राज्यमन्त्री सृजना राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी छिन् । विराटनगरको बसपार्क नजिकै महिला र पुरुष दुवैलाई सेवा दिने  जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा आएको हो । कोशी प्रदेशको मुख्यमन्त्री  तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री राईले रिविन काटेर युनिसेक्स सैलुनको उद्घाटन गरेकी हुन् । युनिसेक्स सैलुनको उद्घाटन गरेपछि त्यहाँ उनले आफ्नो कपाल पनि मिलाएकी थिइन् । राज्यमन्त्री राईले समृद्धिका लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै त्यसका लागि युनिसेक्स जस्ता सैलुनले सहयोग पुग्ने बताइन् । जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनाले सेवा पाउने छन् । त्यस बाहेक ब्यूटिसियन सम्बन्धि सम्पूर्ण तालिम र नेल पेन्टिङ सिक्नेहरुको लागि पनि एकेडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनकी संचालक शान्ता जोशीले जानकारी दिइन् । युनिसेक्स सैलुनमा १५ लाख भन्दा बढीको लगानी रहेको बताइएको छ । युनिसेक्स सैलुन संचालन भएको अवसरमा साउन महिनाभरी ग्राहकहरुलाई ३० प्रतिसम्म छुट दिने उनले जानकारी दिइन् । विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिने बताइएको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?