Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन, विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता –मुख्यमन्त्री कार्की

2024 Sep 1 11:50 AM 48

विज्ञापन

Birat Cancer Hospital
७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन, विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता –मुख्यमन्त्री कार्की
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।  सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरि विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’ फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गनुुभयो । धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’ मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्या गर्नुभएको सो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?