बिराटनगर स्थिति विराटेश्वर वृद्धाआश्रममा हाल ६१ जना बुबा र ३२ जना आमाहरु बस्दै आएका छन् । यी आश्रमहरुमा आमा बुबाको मुख हेर्ने दिन कमैको मात्रै छोराछोरी आउने गरेका देखिन्छ । विभिन्न संघ सस्था लगायत व्यक्तिगत पनि आजको दिन धेरै सहयोगी मन भएका मानिसहरु आउने र खाना खुवाउनाले पनि उनीहरुको मन हल्का हुन्छ मन थामिने गरेको समाजका अगुवा तथा बरिष्ठ पत्रकार यज्ञ शर्मा बताउछन् । आश्रममा कतिपय बाध्यताले आएका छन् भने कतिपय घरपरिवार विहीन भएका आमा बुबाहरु बस्न आएका छन् ।
बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ। उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन्। गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ। आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्। छोराछोरीले आफ्ना पितालाई मीठा-मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ। कुशैऔसी, बुवाहरुको मुख हेर्ने दिन । आश्रमहरु, तिर्थस्थलहरुमा पुराइएका बुवाहरु प्रति नमन तथा सम्मान
बिराटनगर स्थिति विराटेश्वर वृद्धाआश्रममा हाल ६१ जना बुबा र ३२ जना आमाहरु बस्दै आएका छन् । यी आश्रमहरुमा आमा बुबाको मुख हेर्ने दिन कमैको मात्रै छोराछोरी आउने गरेका देखिन्छ । विभिन्न संघ सस्था लगायत व्यक्तिगत पनि आजको दिन धेरै सहयोगी मन भएका मानिसहरु आउने र खाना खुवाउनाले पनि उनीहरुको मन हल्का हुन्छ मन थामिने गरेको समाजका अगुवा तथा बरिष्ठ पत्रकार यज्ञ शर्मा बताउछन् । आश्रममा कतिपय बाध्यताले आएका छन् भने कतिपय घरपरिवार विहीन भएका आमा बुबाहरु बस्न आएका छन् ।
बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ। उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन्। गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ। आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्। छोराछोरीले आफ्ना पितालाई मीठा-मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुखशान्ति मिल्ने जनविश्वास छ। ट्रेन्डिङ
💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1
