Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निरन्तर बर्षातले कोशी प्रदेशका बिभिन्न स्थानहरुमा पहिरो, पुल भत्कियो, मानबीय क्षति र कोशी प्रदेश सरकारबाट उद्धार जारी

2024 Sep 29 8:47 AM 35

विज्ञापन

Birat Cancer Hospital
निरन्तर बर्षातले कोशी प्रदेशका बिभिन्न स्थानहरुमा पहिरो, पुल भत्कियो, मानबीय क्षति र कोशी प्रदेश सरकारबाट उद्धार जारी
बिराटनगर । सुनसरीको बराहक्षेत्रको वडा नम्बर ६ को श्रीलंका टापुमा निरन्तर आएको बर्षातले बेलुकी गोठमा गएको मानिसहरु कोशीको पानीको बहाबका कारण थुनिएछ । प्रारम्भिक जानकारी अनुसार ३ जना मानिसहरु टप्पुमै थुनिएको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी राम चन्द्र तिवारीले बताइएका छन् । यसैवीच मौसम अनुमान शाखाको रेडअर्लटमा परेको कोशी प्रदेशको ११ जिल्लामा झनै कष्टकर बनेको छ । ११ जिल्लाको रेडअर्लटमा परेको जिल््ला धनकुटाको पख्रिबास नगरपालिका ५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीका श्रीमती ३२ वर्र्षीया आशा तामाङ र आमा ५ वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य गरेको छ । यस्तै झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा(३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका(१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका(१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम १ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम १ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम १ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि बेपत्ताहरुको खोजतलास भईरहेको छ । यसै गरी फिदिम नगरपालिका ४ चिसापानी स्थित फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम १२ की २४ बर्र्षीया सपना शेर्पा र उनको ६ बर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथीबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो । उक्त स्थानमा समेत जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि उद्धार कार्य भईरहेको छ । यसैवीच धनकुटाको पाख्रीबास नगरपालिका(५ गुरासे देवीथान स्थित पहिरोमा परी २ जनाको मृत्यु भएको छ । घटनाको जानकारी प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्यामसिंह चौधरी सहितको टोली खटि उद्धारको क्रममा पुरिएको अवस्थामा दुई जनाको शव फेला पारेको हो भने घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी २४ बर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ । यसै गरी छथरजोरपाटी गाउँपालिका २ का चन्द्र बहादुर बाजिम्पाक मगरको घरमा माथीबाट पहीरो झरी घर पुरिंदा उनको २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाईते भएकोमा प्रहरी चौकी जोरपाटी बजारबाट उद्धारमा खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ । त्यसैगरि इलामको माई नगरपालिका ८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ । असोज ११ गते दिउँसो माईनगरपालिका ८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो । सोही दिन झापाको कचनकवल गाउँपालिका १ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी कमल गाउँपालिका(१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन भने गौरीगंज गाउँपालिका २ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन । असोज १० गते मोरङको रतुवामाई नगरपालिका(७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ । प्रहरीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?