Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रगत अभाव कम गर्न नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्त दाता सञ्जाल निर्माण गर्ने

2024 Oct 4 8:43 AM 50

विज्ञापन

Birat Cancer Hospital
रगत अभाव कम गर्न नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्त दाता सञ्जाल निर्माण गर्ने
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । आज नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका पार्टी सदस्यहरुलाई समेत समेटेर नेकपा एमाले महानगर रक्त दाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रमहरुमा समेत माइन्यूटमा अनिवार्य रुपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाइएको छ । यस्तै आजको बैठकले महानगर कमिटीका सदस्य सुदिप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । बैठकले दशैं तिहार, नेपाल सम्बत, छठ, इद लगायत चाडपर्वको अवसरमा यहि असोज १९ गते विराटनगर–११ स्थित श्रीकृष्ण होटलमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यसैबीच महानगर कमिटीका सदस्य शेखर विश्वासका पिता जय नारायण र पार्टी जिल्ला कमिटीका सचिव रबिन थापाका भाई कृष्णको असामयिक निधन भएको प्रति गहिरो दुःख  व्यक्त मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि परिवारजनमा गहिरो समवेदना सहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सचिव गिरीले बताउनुभयो । यस्तै दोस्रो पूर्ण बैठक नबस्दा सम्मको लागि पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन पदाधिकारीलाई अख्तियारी प्रदान गरेको बैठकले निर्णय गरे अनुसार आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जसलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज पर्शुराम बस्नेतले सहजीकरण गर्नुभएको थियो । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राख्नुभएको थियो ।  आजै महानगर संगठन कमिटी गठनपछि सपथग्रहण दिन छुटेकाहरुलाई आजै सपथ गराइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न