Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामाजिक बिकास मन्त्री पाँचकर्ण राईबाट क्षतिग्रस्त पुलको निरीक्षण, छिटै फेरी चलाउने र पिडितहरुलाई दशै अगाडि नै राहत उपलब्ध गराउने

2024 Oct 7 2:43 PM 26

विज्ञापन

Birat Cancer Hospital
सामाजिक बिकास मन्त्री पाँचकर्ण राईबाट क्षतिग्रस्त पुलको निरीक्षण, छिटै फेरी चलाउने र पिडितहरुलाई दशै अगाडि नै राहत उपलब्ध गराउने
स्थलगत रिर्पोटिगं बिराटनगर । कोशी प्रदेशका बिभिन्न जिल्लाहरुमा भएको क्षति बिबरण बुझने, फिल्ड सुपरिबेक्षण गर्ने र तुरुन्तै जनतालाई राहत दिने काममा कोशी प्रदेश सरकार लागि परेको छ । गएको अबिरल बर्षातको कारण कोशीका बिभिन्न जिल्लाहरु सुनसरी, खोटागं, उदयपुर लगायतका जिल्लाहरुमा सामाजिक बिकास मन्त्री पाँचकर्ण राई आफै फिल्ड भिजिट गरी पिडित जनताहरुको गुनासा र यथार्थ बस्तुगत बुझेर मन्त्रालय फर्केपछि खोटागं जिल्लाको सुनकाशी नदीबाट प्रभावित जनताहरुलाई राहत दिलाउने काममा लागि परेका छन् । यसै गरी अन्य जिल्लाहरुमा पिडित परिबारहरुको लागत लिने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयहरुबाट बिवरण मन्त्रालयमा मगाउने, फोटो सहितको तथ्यागं लिने लगायत अन्य कुराहरुको समन्वय समेत गरिरहेको मन्त्रि पिके राईले बताएका छन् । आफै जानु जनताहरुको गुनासो सुन्नु र ब्यक्तिगत राहत सहित प्रदेश सरकारबाट दिने राहत छिटो भन्दा छिटो जनता समक्ष पुराउनु नै हाम्रो काम हो यसैका लागि जनताले हामीलाई अमुल्यमत दिएर यो स्थानमा पुराएका हुन तसर्थ उनीहरुको घाउमा मलम पटी लगाउनु पर्छ राहत उपलब्ध गराउनु पर्छ यो हाम्रो दायित्व र कर्तब्य भएको सामाजिक बिकास मन्त्री पिके राईले बताएका छनु । अबिरल बर्षातको कारणले कोशी प्रदेशका धेरै जिल्लाहरु मध्ये उदयपुर र खोटागं जिल्ला जोडने पक्की पुल भत्किएपछि दुई जिल्लाको आवतजावत बन्द भएको छ । ती स्थानहरुमा खानेपानीको समस्या छ, बिजुली बत्ति छैन् । खोटागं जिल्लाको बराहपोखरी गाउँपालिका जाने बंशिला घाटको झोलुगं पुलको वारीपारीको बस्तिनै बगाएको छ । सुनकोशी वारी उदयपुर जिल्ला चौदण्ढी गा.पा. वार्ड न १ तर्फ १० घरमा क्षति भएको छ । कोशीको भेल पसेपछि दोस्रो तल्लामा समेत भएको धनमाल, लत्ताकपडा, खाधान्न, सुनचादी साथै सबै अन्य कागाजात सबैै बगाएको र अहिले बिच्चली भएको स्थानीयहरुले बताएका छन् । यसै गरी सुनकोशी पारी खोटागं जिल्लाको बराहपोखरी गाउ पालिका वार्ड ने ५ मा १७ घर पुर्णरुपमा क्षतिग्रस्त छ । पसलहरु भित्र बालुवा भरिएको छ । बगेको नदिको सतह भन्दा १०० फिट माथि नदिको भेल आउदा लाखौको माल समान बगाएको छ । यति माथि त पानी आउने कल्पना पनि गर्न नसक्ने स्थानीयहरुले बताउदै भएको सबै धनमाल बगाएको छ । चौपाया बगाएको छ । बस्नेबास छैन् , शौचालय गर्न बाँस झयागं तिर जानु पर्छ यो अबस्थामा मन्त्रि आउनु भयो गुनासो पोख्न पाईयो अब राहत उपलब्ध गराईदिनु भयो भने हामी अलि बाँच्ने आशा पलाउछ भन्दै मन्त्रि राईलाई गुनासा पोखेका छन् । झोलुगे पुलको मर्मत गरिएन भने कुनै न कुनै बेला बगाउन सक्ने स्थित छ । यसै गरी बि.स. २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले फोक्सिगंटारको पुलको शिल्यान्यास गर्नु भएको सो पुल बिभिन्न चरणमा काम हुदै बन्द हुदै ठेकदारको लार्पाबाहीले गर्दा ३० बर्षमा त बन्यो तर १८ महिना जति सन्चालनमै नआई पुन कोशीले बगाएर लगेपछि त्रिजुगा नगरपालिका उदयपुर र खोटयागं गाउपालिका खोटागं जिल्ला जाने आउने बन्द भएको छ । पुल बगाए पछि स्थानीय जनता आका्रोसित हुदै ठेकेदारलाई उभ्याउनु पर्ने र यसरी नै बगाउनु पर्ने सम्म भन्न थालेका छन् । पुल नै कमजोर बनेको स्थानीयको आरोप छ । यो हो फक्सिगंटारमा रहेको पक्की पुल । सामाजिक बिकास मन्त्रि पाँचकर्ण राईले निरीक्षण गरी स्थानीय जनतालाई राहत दिने र छिटो फेरी सन्चालन गरेर दुई जिल्लाका बासिन्दालाई हिडडुल गर्न सहज बनाउने बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो