Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मनमोहनका विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

2024 Dec 4 10:38 AM 37

विज्ञापन

Birat Cancer Hospital
मनमोहनका विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन
मोरगं, बुढीगंगा । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन । विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त्त उपकरणले तत्काल सिग्नल दिनसक्छ । जसले ‘ तिमिले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ । यसैले यो उपकरणले दुर्घटना न्युनिकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका ईन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल ईन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन ।                            गियरवाला विद्युत्तिय मोटरसाइकल पनि बनाए । यसैगरि मनमोहन पोलिटेक्निककै ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले गियरवाला विद्युत्तिय मोटरसाइकल पनि निर्माण गरेका छन । विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भैरहेका ईलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोनोन्तरी गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा ईन्जिनियर रामकुमार यादवले जानकारी दिए । ईन्जिनियर रामकुमार यादवका अनुसार चालु बर्ष ईन्जिनियरिंगतर्फका विद्यार्थीले ५ वटा र ईलेक्ट्रिक ईन्जिनियरिंङगतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रर्दशन गरेका छन ।  विद्यार्थीहरुले सोमवार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रिव्यल चेयर , हाईड्रो पावर , ट्रान्सफरमर ईलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार , अल्कोहल टेष्ट डिभाइस , गियरवाला ईलेक्ट्रिक मोटरसाइकलआदि विभिन्न अविष्कारहरु प्रर्दशन गरेका छन । विद्यार्थीहरुले गरेको अविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार डा दिलनाथ फुयाल , उद्योगी सोम घिमिरे , समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?