Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न

2025 Jan 10 3:42 PM 51

विज्ञापन

Birat Cancer Hospital
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
विराटनगर । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको छ । सरकारका महत्वपूर्ण आयोजना मध्येको एक ठुलो योजना मानिएको उक्त पुलको निर्माण निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको हो । कै बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि निर्माण थालिएको उक्त पुलको गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । पुलको उद्घाटन झापा क्षेत्र नं. १का सांसद तथा नेपाली कांग्रेसका माहामन्त्र िविश्वप्रकाश शर्माले आज गरेका छन् । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ । ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाडौंले निर्माण सम्झौता गरेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा डेढ वर्ष अगावै निर्माण सम्पन्न भएपछि स्थानीयहरू खुसी भएका छन् । सङ्घीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेन्डर प्राप्त व्यवसायीको इमानदारी अनि मेहनती श्रमिकहरूको रातदिनको खटाइका कारण निर्धारित समयभन्दा धेरै अगावै योजना सम्पन्न भएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य शर्माले बताए । ९० मेट्रिक टन भारवहन क्षमता रहेको यो झोलुङ्गे पुलले एक पटकमा ६ सय ४७ पदयात्रीको भार थेग्न सक्ने बताइएको छ । बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुलले आवतजावतमा सहजता ल्याउनुका साथै पालिकामा नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । अहिले दैनिक सयौँको सङ्ख्यामा पुलमा फोटो खिच्न र टिकटक बनाउन पर्यटकहरू आउने गरेको उनको भनाइ छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?