Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संखुवासभाको सभापोखरीमा आगलागीबाट पाँच घर जलेर नष्ट

2025 Jan 16 11:39 AM 63

विज्ञापन

Birat Cancer Hospital
संखुवासभाको सभापोखरीमा आगलागीबाट पाँच घर जलेर नष्ट
संखुवासभामा आगलागीबाट पाँच घर जलेर नष्ट विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ। बुधबार दिउँसो करिब साढे २ बजेदेखि सुरु भएको आगोले पाँचवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। उनको अनुसार स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका दुईवटा गरी पाँचवटा घर जलेर नष्ट भएको हो। स्थानीय रामबहादुर राईको घरभित्रको अगेनाबाट आगो सल्किएको प्रहरीको भनाइ छ। सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले स्थानीय र प्रहरीको सहयोगमा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जानकारी दिए। आगलागीबाट कुनै मानवीय र पशुचौपायाको क्षति नभएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ। आगलागी भएको ठाउँ सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारनजिकै हो। अहिले सो क्षेत्रमा इन्टरनेट र टेलिफोन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। प्रहरीले आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?