Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

2025 Jan 16 3:21 PM 84

विज्ञापन

Birat Cancer Hospital
जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई
विराटनगर । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो। पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो। पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४.२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने। आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए।  आर्मीले पहिलो इनिङमा १७० रन बनाउँदै ३७ रनको अग्रता लिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३ रन जोडेको थियो। कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडेका थिए। अमित श्रेष्ठले २० रन र राशिद खानले १० बनाए। आर्मिका साहब आलमले ७ विकेट लिँदा सोमपाल र बसिरले समान १ विकेट लिए। पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए। यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए।  तर यसअघिको प्रधानमन्त्री कपमा भिडेकै दुई विभागीय टोली पुनः फाइनलमा पुगेका हुन्। पुलिसले लगातार उपाधि उचालेको हो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला