Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई

2025 Jan 16 3:21 PM 46

विज्ञापन

Birat Cancer Hospital
जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबलाई
विराटनगर । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो। पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो। पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४.२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने। आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए।  आर्मीले पहिलो इनिङमा १७० रन बनाउँदै ३७ रनको अग्रता लिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३ रन जोडेको थियो। कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडेका थिए। अमित श्रेष्ठले २० रन र राशिद खानले १० बनाए। आर्मिका साहब आलमले ७ विकेट लिँदा सोमपाल र बसिरले समान १ विकेट लिए। पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए। यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए।  तर यसअघिको प्रधानमन्त्री कपमा भिडेकै दुई विभागीय टोली पुनः फाइनलमा पुगेका हुन्। पुलिसले लगातार उपाधि उचालेको हो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?