Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

खेतीयोग्य जमिन मिचिँदै जाँदा झापामा धान उत्पादन घट्दो

2025 Jan 21 11:51 AM 53

विज्ञापन

Birat Cancer Hospital
खेतीयोग्य जमिन मिचिँदै जाँदा झापामा धान उत्पादन घट्दो
विराटनगर । धान उत्पादनमा अग्रणी स्थानमा रहने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको पाईएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार ४ वर्ष अघि ४ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको यो वर्ष घटेर ३ लाख ८२ हजार मेट्रिक टन धान उत्पादन भएको छ । खेतीयोग्य जमिनहरू आवासीय प्रयोजनमा प्रयोग हुन थालेको र गैह्र कृषिजन्य क्षेत्रमा उपयोग हुन थालेकाले उत्पादन घटेको हुनसक्ने उनको भनाई छ । लामो समय खडेरी पर्नु, सिचाइको पर्याप्त सुविधा नहुनु, धानमा विभिन्न रोगको प्रकोप बढ्दै जानुले पनि उत्पादन घट्न थालेको बताइएको छ । कहिले अधिक पानी पर्ने र कहिले पानी नै नपर्ने गर्नाले पनि उत्पादन गिरावट आएको हुनसक्ने बताइने गरेको छ । यो वर्ष केही ठाउँमा धानमा विभिन्न रोगको प्रकोप देखिएकाले पनि उत्पादन घट्यो, कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले भने । झापा कमल गाउँपालिकाका अगुवा किसान ख्याम आचार्यका अनुसार पहिला प्रति बिगाहा ८० मनसम्म धान फल्ने गरे पनि अहिले ६० मन फल्न पनि मुस्किल बनेको छ । पहिला जति मिहिनेत गरिन्थ्यो त्यो भन्दा बढी मिहिनेत गर्दा पनि उत्पादन बढ्न छाडेको छ, आचार्यले भने । धानको उत्पादन बढाउन स्थानीय सरकार र प्रदेश सरकारले कृषिमा आधारित रहेर विभिन्न कार्यक्रमहरू ल्याउँदै आएका छन् । कमल गाउँपालिकाले निःशुल्क रूपमा जैविक मल उपलब्ध गराउँदै आएको छ । धान लगायतका कृषि उपज उत्पादन बढाउन हामीले किसानको आवश्यकता अनुसार नै जैविक मल उत्पादन गरेर वितरण गर्दै आएका छौ, गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने। भू उपयोग नीतिको उचित कार्यान्वयन गरेर उत्पादनलाई घटन नदिन लाग्ने योजनामा रहेको उनी बताउँछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?