Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने

2025 Jan 21 1:47 PM 41

विज्ञापन

Birat Cancer Hospital
विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन प्रधानमन्त्रीबाट हुने आयोजकले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार माघ ११ गते नै एक्पोको उद्घाटन हुने भनिए पनि प्रधानमन्त्री उपस्थीति हुने भएपछि उद्घाटन एकदिन पछि सरेको हो । ‘ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट’ थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको छ । एक्स्पोमा उद्यम तथा व्यवसायका लागि सेन्टर फर एक्सेलेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधि शोकेस, प्राविधिक तालिम तथा करियर काउन्सेलिङ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । यस्तै, स्टार्टअप हाकाथन, थिमेटिक कन्फरेन्स, फेशन शो, उद्यमशीलता माइन्डसेट सम्बन्धी कार्यशाला, लाटे आर्ट प्रतियोगिता र दैनिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । समुद्घाटन पछि माघ २० गतेसम्म निर्धारित सबै कार्यक्रमहरू यथावत रूपमा सञ्चालन हुनेछ । समुद्घाटन मिति परिवर्तनबाट प्रायोजक, साझेदार र सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?