Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा

2025 Jan 22 8:52 AM 32

विज्ञापन

Birat Cancer Hospital
एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा
विराटनगर  । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ । विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवस्यक रहेको विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इञ्जिनियर प्रविन ढकालले बताउनुभयो । हरियाली सडक, अत्याधुनिक वसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुर्नस्थापना, बहुतले पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरुको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्य औंल्याईएको छ । इञ्जिनियर ढकालले फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक शहर, एक न्युनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठुला उद्योगहरुको स्थापना गरि रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाईको व्यवस्थापन, गाउँको शहरीकरण शहरी विकासका लागि गर्नुपनेए काम भएको बताउनुभयो । उहाँले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठुला, मध्यम तथा साना शहरको श्रृखंला निर्माण गरि वस्ती प्रणाली अपनाउनुपर्ने, विपद् मैत्री मानव विकास, भोलीको सुरक्षित शहरका लागि आजै विपद्को पूर्व अनुमान अनुसारको योजना र नीति, शहरीकरण स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको समृद्धिको खाका नेकपा(एमाले)संग मात्रै रहेको बताउनुभयो । उहाँले प्रदेशलाई समृद्ध बनाउने नेकपा(एमाले) को नेतृत्वमा बनेका प्रदेश सरकारले सुरु गरेका महत्वपूर्ण विकासका योजनाहरु अवस्था, सम्पन्न नभएको योजनाहरु चाडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र नेकपा( एमाले) लागिपर्ने बताउनुभयो । सहरी विकास विभागले प्रदेशका सहरी योजनाहरु निर्माण गर्न महत्वपूर्ण नितिगत सुझावहरु पेश गर्न यस्ता कार्यशालाहरुले सहयोग पुग्ने इन्चार्ज राईको भनाई छ । कोशी प्रदेशका १४ वटै जिल्लामा शहरी विकासको अवधारणाबारे गोष्ठि गरिने विभागका प्रमुख लोकेश निरौलाले बताउनुभयो । व्यवस्थित शहरका लागि शहरी नीति आवस्यक रहेको बताउनुभयो । आत्मनिर्भरता तर्फ शहरी क्षेत्रलाई उन्मुख गराउने शहरी विभागको ध्येय रहेको प्रमुख निरौलाको भनाई छ । शहरी विकासका चुनौतिहरु धेरै रहेपनि चुनौतीहरुलाई समाधान गर्दै शहरी विकासका लागि विभागले प्रदेशभरी छलफल गोष्ठि गर्ने र संघीय र प्रदेश सरकारलाई शहरी विभागको अवधारणा बुझाईने बताउनुभयो । विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताउनुभयो । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरुलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने सचिव थापाको भनाई छ । विभागले लाई चाडै प्रदेशभर कार्यक्रम गरि विभागको शहरी विकासबारेको अवधारणा तय गर्ने सचिव थापाले बताउनुभयो । कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, योजना विज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, उमेश कटुवाल, तुलसी पोखरेल , इञ्नियर भरत न्यौपाने, राम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल, उद्योगी अरुण राठी लगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा नेकपा( एमाले) केन्द्रीय सदस्यहरु जीवन घिमिरे, युवराज बाँस्कोटा, रामलाल शाह, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी तथा महानगर भित्रका प्रदेश सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो