Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एभरेष्ट जस्ता स्कुलका कारण विराटनगर शैक्षिक हब बनेको होः- मेयर नागेश कोइराला

2025 Jan 22 9:16 AM 47

विज्ञापन

Birat Cancer Hospital
एभरेष्ट जस्ता स्कुलका कारण विराटनगर शैक्षिक हब बनेको होः- मेयर नागेश कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको बताउनुभएको छ ।
 उहाँले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको भएका कारण अधिकांश अभिभावक र विद्यार्थीको रोजाई बन्न पुगेको बताउनुभयो । उहाँले आफ्नो बाल्यकाल सम्झिँदै गुणस्तरीय शिक्षाका लागि आफूले बाहिर जानु परेपनि आफ्नी छोरीलाई सोहि वातावरण एभरेष्ट स्कुलले प्रदान गरेको बताउनुभयो ।   एभरेष्ट स्पोर्ट्स वीक -एभरेष्ट खेलकुद सप्ताह_ –२०८१को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र देख्न नहुने भन्दै बालबालिकाको इच्छा र क्षमता अनुसार नै अघि बढ्न दिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो बच्चाले राम्रो पढोस् भन्ने चाहना हुनु स्वभाविक भएपनि उसको भविष्य उसको इच्छा अनुसार नै तय गर्न मार्ग दर्शन गर्नुपर्ने बताउनुभयो । बालबालिकाका अनेक क्षेत्रका रुचि हुने भन्दै उहाँले ति सबै रुचिलाई सार्थक बनाउन एभरेष्ट स्कुलले वातावरण तयार गरेको समेत बताउनुभयो ।  उहाँले बालबालिकाको सर्वाङ्गीण विकासका लागि एभरेष्टले भूमिका खेलिरहेको चर्चा गर्दै सबै विद्यालयले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । मेयर कोइरालाले विराटनगर महानगरपालिकाले समेत महानगरका सबै सामुदायिक विद्यालयमा हरेक शुक्रबार हास्दै–खेल्दै पढ्ने अभियान चलाएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालय स्थापनाको ३१ औं वर्ष पूरा भएको भन्दै सम्पूर्ण अभिभावक तथा सरोकारवालाको विश्वासले एभरेष्ट स्कुलले देशकै उत्कृष्ट विद्यालयहरु मध्ये एक हुन सकेको बताउनुभयो । उहाँले हाम्रा विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ सोहि अनुसारको वातावरण तयार गरिएको बताउनुभयो ।
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा विराटनगर प्रदान गर्नुपर्छ भन्ने उद्देश्य आफूहरुको रहेको बताउनुभयो । यसका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँले शैक्षिक ज्ञानसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पनि उसैगरी लगानी गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो,‘एउटा विश्वस्तरीय शैक्षिक संस्थामा हुने सम्पूर्ण वातावरण हामी हाम्रो विद्यालयमा होस् भन्ने चाहन्छौं, त्यसका लागि हामी प्रयत्नशील छौं । चाहे त्यो शैक्षिक वातावरणका लागि होस् चाहे सर्वाङ्गीण विकासका लागि ।’ उहाँले पटक–पटक सरकारबाट राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गरेर र विभिन्न संघ संस्थाहरुबाट दर्जनौं सम्मान प्राप्त गरेर आफ्नो उत्कृष्टता प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो स्तर अब्बल बनाउन हरेक दिनजसो नयाँ–नयाँ विषयहरु अवलम्बन गर्दै आएका छौं, युग सापेक्ष कम्प्युटरको ज्ञान होस् भन्न बेलायतको कोर्ष डीजी स्कुलसँगको सहकार्य होस्, भारतको नयाँ दिल्लीमा सफल अभ्यास गरेको ह्याप्पीनेस करिकुलम नै किन नहोस्, यस्तै आफ्ना विद्यार्थी नैतिक वान बनाउन आफ्नै पाठ्यक्रम देखि बालबालिकालाई अन्वेषण तथा आविष्कारमा लगाउन कारखानासँग सहकार्य गर्दै आएका छौं ।’ यसको अलवा अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुदका विभिन्न क्षेत्रहरूका प्रशिक्षकबाट नियमित प्रशिक्षण गराउँदै आएको एभरेष्टले खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरु बिच स्पर्धा गराउँदैछ ।  करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिनेछन् । खेलकुद सप्‍ताहको उद्घाटनका दिन विद्यार्थीहरुले विभिन्न खेल कौशलहरु प्रस्तुत गरे भने संगीत र नृत्य प्रस्तुत गरेर अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाए । स्काउटको मार्च पास, तेक्वान्दो र कराँतेका विभिन्न कौसलले उपस्थित सबैको ध्यान आकृष्ट गरायो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका प्रमुख दामोदर गुरागाईं, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख जीवन गड्तौला, प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठ उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?