Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

2025 Jan 22 12:43 PM 46

विज्ञापन

Birat Cancer Hospital
शान्ति सुरक्षामा सशस्त्र प्रहरीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सीमापोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्र भागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।’ उनले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा सीमापोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ’, उनले भने । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठ्याराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?