Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आफनै भवन हुने, शिलान्यास शूरु

2025 Feb 3 8:13 PM 60

विज्ञापन

Birat Cancer Hospital
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आफनै भवन हुने, शिलान्यास शूरु
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलान्यास गरेर आफनो नियमित काम शुरु गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा पारेर भवन शिलान्यास गरिएको छ । भवनको शिलान्यास प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल महासँघ कोशीका अध्यक्ष राजेन्द्र राउत लगायतले गरे । २ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अढाई तल्ले भवन निर्माण हुन लागेको हो । जुन भवन निर्माणका लागि अध्यक्ष राजेन्द्र राउतले भवन शिलान्यास समारोहमा महासंघ कोशी प्रदेश समितिको सचिवालयका कार्यकारी निर्देशक राधारमण भण्डारीलाई २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउतले आफ्नो कार्यकालमा भवन निर्माण गर्ने अठोट पुरा गर्ने लक्ष्य राखे अनुसार आज भवनको शिलान्यास भएको हो । अध्यक्ष राउतले निरन्तरको न्यून आर्थिक वृद्धिको अवस्था, अर्थतन्त्रमा संरचनागत समस्या, उत्पादन मूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रतिस्पर्धी क्षमता, कृषिप्रति विकर्षण, आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता, उपभोगमुखी आयात तथा न्यून निर्यात क्षमता र उच्च व्यापार घाटा आन्तरिक रोजगारीका सिमित अवसरहरूका कारण आर्थिक क्षेत्र दवावमा रहेको बताएका छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?