Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण

2025 Feb 8 4:21 PM 34

विज्ञापन

Birat Cancer Hospital
गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण
विराटनगर / गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी दिए । कक्षागत परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको थियो । १ देखि १० कक्षासम्म अध्ययन गर्ने रोल नम्बर ५ सम्मका ५० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिल प्रदान गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । कार्यक्रममा अध्यक्ष नवोदितसहित प्रतिष्ठानका उपाध्यक्ष रेवन्त श्रेष्ठ, कोषाध्यक्ष बब्लुता शाक्य, सदस्य हीरा श्रेष्ठ, मीना श्रेष्ठ, रीना श्रेष्ठ, भानु श्रेष्ठ, मीना श्रेष्ठ, पूर्ण श्रेष्ठलगायत पदाधिकारी र सदस्यहरुले उक्त सामग्री वितरण गरेका थिए । सोही अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यालयको पुस्तकालयका लागि प्रतिष्ठानका अध्यक्ष नवोदितले विभिन्न विधाका १५ थान पुस्तक प्रधानाध्यापक ईश्वर लम्साललाई प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयका भएका कारण सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रोत्साहित होउन् भनेर विगतदेखि नै न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको नवोदितले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो