Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजा महेन्द्रको पालामा महेन्द्र गोल्डकपमा सुनको ट्र्फि लोकतन्त्र आए पछि सुन हराउने र नाम फेर्ने अनि बिराट गोल्डकप र सेतो डुब्लीकेट ट्र्रफि

2025 Mar 4 11:48 AM 37

विज्ञापन

Birat Cancer Hospital
राजा महेन्द्रको पालामा महेन्द्र गोल्डकपमा सुनको ट्र्फि लोकतन्त्र आए पछि सुन हराउने र नाम फेर्ने अनि  बिराट गोल्डकप र सेतो डुब्लीकेट ट्र्रफि
बिराटनगर । राजाले सुनको ट्र्रफि बनाए तर लोकतन्त्रको रैतिले त्यो सुनलाई सेतो बनाए । सुनको ट्र्रफि हराए पछि निरीह भनेको आयोजक समितीले कुनै उत्तर नदिई सेतो भएपनि खेल खेलाउने लज्जास्पद उत्तर दिएको छ । विराटनगरमा विसं २०१८ सालदेखि बर्सेनि आयोजना गर्ने गरी महेन्द्र गोल्डकप नाम राखेर प्रतियोगिता आरम्भ गरिएको थियो । लोकतन्त्र स्थापनापछि भने प्रतियोगिताको नाम फेरिएको छ ‌। पूर्वराजा महेन्द्रको पालामा लेपन गरिएको विराट गोल्डकप (लोकतन्त्रपछि नाम फेरिएको) फुटबल टुर्नामेन्टको ट्रफीबाट सुन हराएको खुलेको छ । सक्कली र ऐतिहासिक ट्रफी सेतो देखेपछि पत्रकारहरूले सोधे– 'लेपन गरिएको सुन सुन खोइ ? कहाँ हरायो ? कसले लग्यो ?' विगतमा 'सुनको पहेँलो रंगको ट्रफी रहेको तर इतिहास नै मेट्ने गरी रंग किन फेरिएको हो ?' भन्दै फ्लोरबाट प्रश्न उठेको थियो । सुनका सम्बन्धमा विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति, २०८१ का संयोजक नवीन रिजालले यसबारे आफूलाई जानकारी नै नभएको बताए । "ट्रफीको कलरको जे कुरा छ, त्यो मलाई जानकारी भएन । मैले यसलाई छोएको पनि छैन । सेतो किन र पहेँलो किन छैन ? मैले २७ दिनदेखि ट्रफी हेरेको मात्र छु, स्टिल त माझ्दा खिइन्छ, त्यही भएको होला मलाइ थाहा भएन," रिजालले भने, "सुनको पातलो पत्र राखिएको हुन्छ होला, के भयो मलाई थाहा भएन । खिइएर गयो कि !," रिजालले भने । उनी विराट गोल्डकप ट्रस्टका टस्ट्रिज पनि हुन । ट्रफीमा लेपन गरिएको सुनको परिणामबारे ट्रस्टले समेत हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । फुटबल प्रतियोगिता गर्ने र ट्रफी संरक्षण गर्ने जिम्मेवारी उसकै हो ।  लगातार तीनपटक कुनै टिम विजेता भए उसले सक्कली ट्रफी लैजान मिल्ने बताइन्छ । के छ इतिहास ? विराटनगरमा फुटबलमार्फत खेल गतिविधि बढाउन तत्कालीन राजा महेन्द्रको हुकुमबाट प्रतियोगिता आरम्भ भएको थियो । २०१८ सालदेखि उनकै नाममा प्रतियोगिता हुन्थ्यो ‌। त्यसयता ३९ वर्षसम्म नियमित  प्रतियोगिता भए । २०५७ सालदेखि भने ११ वर्षसम्म रोकियो । लोकतन्त्रकालमा नाम परिवर्तन भयो । महेन्द्रबाट विराट गोल्डकप बनाइयो । फेरि २०६८ सालदेखि प्रतियोगिता हुन थाल्यो ‌। बीचमा २०७० मा भएन । प्रतियोगिताको आयोजक परिवर्तन गरी २०७१ बाट पुनः गर्न थालियो । सहिद रंगशालामा फ्लडलाइट जडान भएपछि रात्रिकालीन प्रतियोगिता हुँदै आएको छ । परीक्षणस्वरूप एक साल नवीन रिजालकै संयोजकत्वमा बाँसका खाँबाखुट्टीमा फ्लडलाइड झुन्ड्याएर पहिलो रात्रिकालीन स्पर्धा गराइएको थियो । लगत्तै कोसी प्रदेश सरकारले सहिद रंगशालामा स्थायी फ्लडलाइट जडान गरिदियो । त्यसयता भने नियमित प्रतियोगिता हुन थालेको हो । घाटामा गोल्डकप आयोजकका अनुसार, अघिल्ला दुई पटकका प्रतियोगितामा डेढ करोड घाटा भएको थियो । यसपटक पनि ३२ लाख रुपैयाँ घाटा नै रहेको संयोजक रिजालले सुनाए । प्रायोजक र अन्य सहयोगसमेत गरी एक करोड व्यवस्थापन भएको तर अनुमानित बजेटभन्दा ३२ लाख रुपैयाँ अपुग रहेको उनले सुनाए । "कहाँकहाँ कम खर्च गर्दा वचत हुन्छ त्यसमा ध्यान दिन्छौँ । सकेसम्म मुनाफामा लगेर ट्रस्टलाई दह्रो बनाउने योजना छ," उनले भने । उनले दर्शकलाई बेचिने टिकटबाट घाटा पूर्ति गर्ने योजना रहेको पनि सुनाए । यस वर्ष प्रदेश सरकारले ६ लाख र विराटनगर महानगरपालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, प्रदेशले अघिल्लै वर्षको प्रतियोगितामा कबोलेको रकम समेत नदिएको गोल्डकप ट्रस्टले जनाएको छ । विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले कबोल गरेको रकमसमेत प्रदेशले नदिँदा समस्या भएको बताए । "सहयोग गर्ने भनिन्छ । तर, रकम भने दिँदैनन्," उनले भने ।  प्रतियोगितामा दर्शकको मनोरञ्जनका निम्ति यसपटक राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने बताइएको छ । स्पर्धामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो