Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको छ - शंकर पोखरेल महासचिव-नेकपा एमाले

2025 Apr 20 9:51 AM 47

विज्ञापन

Birat Cancer Hospital
सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको छ - शंकर पोखरेल महासचिव-नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनि गरिएको भ्रामक प्रचार चिरिएको धारणा राख्नु भएको छ । अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उहाँले लेख्नु भएको छ ।उहाँले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गर्नुभएको छ । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गर्नुभएको थियो ।  यस्ता छन् उहाँले उठाउनुभएको स्वास्थ्यको बहसका क्षेत्रहरू : १ स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण २ स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या ३ निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय १ योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण २ स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन) ३ स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता) ४ सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार ५ निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन यस सन्दर्भमा तपाईँका मौलिक सुझाव भए उल्लेख गर्नु होस् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?