Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको छ - शंकर पोखरेल महासचिव-नेकपा एमाले

2025 Apr 20 9:51 AM 74

विज्ञापन

Birat Cancer Hospital
सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको छ - शंकर पोखरेल महासचिव-नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनि गरिएको भ्रामक प्रचार चिरिएको धारणा राख्नु भएको छ । अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उहाँले लेख्नु भएको छ ।उहाँले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गर्नुभएको छ । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गर्नुभएको थियो ।  यस्ता छन् उहाँले उठाउनुभएको स्वास्थ्यको बहसका क्षेत्रहरू : १ स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण २ स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या ३ निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय १ योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण २ स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन) ३ स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता) ४ सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार ५ निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन यस सन्दर्भमा तपाईँका मौलिक सुझाव भए उल्लेख गर्नु होस् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला