Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सानातिना कुरा र बैयक्तिक स्वार्थ जस्ता कुराहरुमा नअलमलिइ देश र जनताको आवश्यकतामा ध्यान - केपी शर्मा,प्रधानमन्त्री-केपी शर्मा ओली दिन सवै नेपाली जातीमा बिशेष आग्रह-

2025 Apr 20 9:58 AM 54

विज्ञापन

Birat Cancer Hospital
सानातिना कुरा र बैयक्तिक स्वार्थ जस्ता कुराहरुमा नअलमलिइ देश र जनताको आवश्यकतामा ध्यान - केपी शर्मा,प्रधानमन्त्री-केपी शर्मा ओली दिन सवै नेपाली जातीमा बिशेष आग्रह-
काठमाडौं, बैशाख २। प्रधानमन्त्री केपी शर्मा ओलीले सनातिना सानातिना कुरा र बैयक्तिक स्वार्थ जस्ता कुराहरुमा नअलमलिइ देश र जनताको आवश्यकतामा ध्यान दिन सवै नेपाली जातीमा बिशेष आग्रह गर्नुभएको छ । नयाँ बर्षको अवसरमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले सोमवार (बैशाख एक गते) आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भर्चअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनता नै सवैको केन्द्र भागमा हुनुपर्ने बताउनु भएको हो । ‘अव हामी सानातिना कुराहरु र बैयक्तिक स्वार्थ जस्ता कुराहरुमा अलमलिने होइन । देश र जनताको आवश्यकतालाई ध्यानमा राखेर हामी सवै अगाडि बढनुपर्छ । बिश्वभर जहाँ रहेका भए पनि हामी नेपाली जातीले देशको प्रतिष्ठा उकास्ने कुरामा बिशेष ध्यान दिनुपर्छ । सरकार त्यही काममा अघि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले बिदेशमा बस्ने नेपालीहरु भ्रम र अफवाहको शिकार बन्न नहुनेतर्फ पनि बिशेष आग्रह गर्नुभयो । नयाँ बर्षलाई देश र नेपाली जातीको हितमा सोचेर कदम चाल्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औल्याउनु भएको छ । ‘गएको बर्ष हामी सुशासन र बिकाशको गतिलाई अगाडि बढाउने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने साझा संकल्पलाई साकार पार्ने प्रयाशमा हामी लाग्न पाएका छौं ।एकासी साल केही असन्तुष्टीका स्वरहरु पनि देखिए । तर केही यस्ता क्रियाकलाप देखिए पनि गएको बर्ष शान्ति सुब्यवस्थाकै बर्ष, सुशासनतर्फको बर्ष, भ्रष्टाचार नियन्त्रणतर्फको बर्ष भनेर नै ठान्न सकिने र मान्न सकिने आधारहरु बनेका छन,’ नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अव आउने साललाई नेपाल र नेपालीका लागि बिशेष बनाउनु पर्ने पनि बताउनु भयो । ‘यो बयासी साल हाम्रो बिबिधतायुक्त नेपाल, हाम्रो सम्पन्न साँस्कृतिक, भौगोलिक, प्राकृतिक, जैविक, बनस्पितीय, सामाजिक साँस्कृतिक सवै हिसावले यस सम्पन्न राष्ट्रले अव यस बिबिधतालाई साझा सम्पदाको रुपमा मानेर सामाजिक न्याय र सदभावको माध्यमबाट सामाजिक सदभाव कायम गर्दै अगाडि बढने र राष्ट्रिय एकता कायम गरेर देश बिकाशको बाटोमा हामी सवै अगाडि बढने कुरामा हामी लाग्नुपरेको छ । राष्ट्रिय एकतालाई मजबत बनाउनु परको छ र बिकाशका काममा एकजुट भएर लाग्नुपरेको छ,’ प्रधानमन्त्री आलीले भन्नुभयो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले सही समयमा सही कार्यक्रम आयोजना गरी बिश्वभर छरिएर रहेका नेपालीलाई सुसुचित र देशको संस्कृतिको बिषयमा जानकारी दिएको भन्दै ओएनएफलाई धन्यवाद दिनुभयो । उहाँले बिदेशमा बसेर नेपाललाई होच्याउने काम नगर्न पनि बिशेष आग्रह गर्नुभयो । ‘बिदेशमा बसेर देशको आन्तरिक रुपमा मानमर्दन हुनेगरी, सभ्यता, शिष्टतामा मर्दन हुने गरी हामीले ब्यवहार गर्न सवैले सिक्दा रामो हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ बर्षलाई सवैको हितमा सोच्ने बर्षका रुपमा अघि बढाउने सोच बिकाश होस भन्ने शुभकामना पनि दिनुभएको छ । ‘नयाँ बर्षको यस घडीमा म प्रवासी नेपालीहरु, गैर आवासीय नेपालीहरु र सम्पुर्ण नेपालीहरुमा फेरि पनि हामी प्रवेश गर्दै गरेको नयाँ बर्षको सुख, शान्ति, समृद्धिको कामना भन्न चाहन्छु । नयाँ बर्ष सुखद होस । र हाम्रो नेपाली जातीको, नेपाल राष्ट्रको समृद्धि र प्रतिष्ठा दुनियाँमा बढदै जाने परिस्थिति बनोस । धेरैधेरै शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले प्रवासी नेपालीको समस्या, चाहना र मागहरुप्रति सरकार निकै गम्भीर र सम्वेदनशील रहेको भन्दै पूरा गर्ने जानकारी दिनुभयो । ‘प्रवासी नेपालीहरुले सवै यथोचित हक अधिकारहरु पाउनुपर्छ । त्यस अधिकारको प्रयोग गर्न पाउनुपर्छ । मातृभूमि र पुख्र्याैंली थलोप्रतिको माया र देशले बाहिर गएकाप्रति गर्ने माया असाधारण हुन्छ । हामीले यो कुरा बुझनुपर्छ,’ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशबाहिर अनुकुलताको सीमा हुन्छन । तरपनि त्यहा बस्नुपर्ने हुन्छ । त्यहा बस्दा पनि हामीले देशलाई सम्झनु पर्नेहुन्छ । आजको दुनियामा देशलाई एउटा सम्मानति देशका रुपमा कसरी अगाडि बढाउने भन्ने चिन्ता र चासो हुनुपर्दछ ।’ उहाँले बिश्वमा केही समस्या आएकोतर्फ पनि सवैको ध्यानाकर्षण गराउनु भयो । ‘हामी देखिरहेका छौं, बिश्व परिस्स्थिति, बिश्वब्यवस्थामा केही तरंगयुक्त, केही ठाउमा द्ध्वन्दगस्त अप्रियताको अवस्थाहरु भएका छन । ८२ साललाई यस्ता अप्रियतापुर्ण अवस्थाबाट मुक्त गर्न हामी सवैको पहलकदमी हुन आवश्यक छ । शान्तिको मार्गमा लैजाने काममा सवैको पहल होस भन्ने हाम्रो चाहना छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रवासमा रहेका सवै नेपालीमा पुगेर ओएनएफले देश समृद्ध बनाउने र नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने कुरामा बिशेष पहलकदमी लिनुपर्ने बताउनु भयो । यस्तै अध्यक्ष सञ्जय थापाले कार्यक्रममा सहभागी सवैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो। त्यसअघि कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी, ओएनएफ उपाध्यक्ष रमेश पाण्डे, कला साहित्य बिभाग इञ्चाज सरस्वती केसीलगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा प्रवासी नपाली मञ्च अन्तराष्ट्रिय कमिटीको कला साहित्य बिभागले तयार पारेको प्रवासी नेपाली मञ्चको गीत सार्वजनिक गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो