Live
| मंगलबार, फागुन २६, २०८२
EN
arya newro
BiraKhabar
समाचार

पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती-योगेश भट्टराई,सचिव

Apr 24, 2025 5:58 AM
पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती-योगेश भट्टराई,सचिव
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको छ । आफू २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै उहाँले सो समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा आफ्नो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न चुनौती दिनुभएको हो । उहाँले आफ्नो विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखाना तयार गरिएका भन्दै संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको हो । ती विमानस्थल निर्माणको क्रममा भट्टराईले अनियमितता गरेको भनि संसदीय समितिमा उजुरी परेको छ । सोही उजुरी प्रति टिप्पणी जनाउँदै पोखरेलले अनियमितताको दलदलमा फसेकाहरूले आफ्नो विरुद्ध मिडिया ट्रायल गर्ने प्रयत्न गरेको बताउनुभयो । ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेतितीको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु,मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ, मलाई औँला उठाउनेहरू नै पर्ने वाला छन्, डकुमेण्ट मसँग छ, आवश्यक परे सार्वजनिक गरौँला’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
Dhoni Sabuun