Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज १९ औँ लोकतन्त्र दिवस-जनताले के पाए के पाएनन् तर सिमा भन्दा बढी बोल्ने वाक स्वतन्त्रता पक्कै पाएका छन्

2025 Apr 24 11:48 AM 54

विज्ञापन

Birat Cancer Hospital
आज १९ औँ लोकतन्त्र दिवस-जनताले के पाए के पाएनन् तर सिमा भन्दा बढी बोल्ने वाक स्वतन्त्रता पक्कै पाएका छन्
काठमाडौं । आज १९ औँ लोकतन्त्र दिवस । लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते विगठन गरेको संसद् पुनः स्थापना गरी हातमा लिएको शासन सत्ता २०६३ वैशाख ११ गते नेपाली जनताले फिर्ता लिएको दिनको रूपमा लोकतन्त्र दिवस मनाउने गरिन्छ । विसं २०६२÷०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । लोकतन्त्र दिवसको अवसरमा आज नेकपा एमालेले काठमाडौंमा ‘यूथ सेलिब्रेशन’ गर्दै छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउँदै छ । सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ । कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताउनुभयो । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमको सहजीकरण गरिरहनुभएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ । आजको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने ढुङ्गेलले बताउनुभयो । कार्यक्रमबाट निस्किँदा सहभागीले नयाँ सन्देश लिएर फर्कने उहाँले दाबी गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?