Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य कार्यक्रम सम्पन्न

2025 Apr 29 6:56 AM 65

विज्ञापन

Birat Cancer Hospital
महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य कार्यक्रम सम्पन्न
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह–आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य (Women's Reproductive Health) विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
महिला उद्यम समितिकी संयोजक श्री श्रुति शर्माज्यूको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका
वाणिज्य उपाध्य
क्ष श्री अनिल सारडाज्यूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाई समितिकी सचिव श्रीमती जिना श्रेष्ठले संचालन गर्नु भएको थियो भने म्यारी स्टोप्स् इन्टरनेश्लन, काठमाडौँकी मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर श्रीमती हिमा मिश्रज्यूले महिलाहरुमा देखिने प्रजनन् स्वास्थ्यका विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति सदस्यहरु, म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालका प्रतिनिधिहरु सहित नेपाल उद्योग वाणिज्य महासंघ – कोशी, नेपाल उद्योग परिसंघ – कोशी, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, उमिन आन्टरप्रिनियर्स एशोसिएशन नेपाल लगायत विभिन्न संघ–संस्थाका महिला उद्यम समितिकी अध्यक्षज्यूहरु तथा प्रतिनिधिज्यूहरु, विभिन्न विद्यालयकी छात्राहरु र महिलाहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?