Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकारले आयोजना गरेको नागरिक लगानी सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने, अबको २ दिनमा

2025 Apr 29 7:07 AM 41

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकारले आयोजना गरेको नागरिक लगानी सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने, अबको २ दिनमा
बिराटनगर । कोशी प्रदेश सरकारले १८ गते देखि लगानी सम्मेलनका लागि सबै प्रकिया पुरा गरी सकेको छ । अबको २ दिनमा भब्य समारोहको बिच लगानी सम्मेलनको उदघाटन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट हुनेछ ।  कोशी प्रदेशमा २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गरिने तयारी भइरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं लगानी सम्मेलनका संयोजक हिक्मतकुमार कार्कीले  पहिलो लगानी सम्मेलनबाट १ खर्ब ७० करोड रुपैयाँ बराबरको परियोजनामा लगानी भित्र्याउन लागेको बताए । कोशी प्रदेशको कृषि, उर्जा, पर्यटन, आइटी सहित ५४ वटा परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लागेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारको परियोजना, निजी क्षेत्रको परियोजना र स्थानीय तहको परियोजना छनौट भएको र यसरी छनौट भएको परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी कर्ताहरूसँग लगानी सम्मेलनको दोस्रो दिन वैशाख १९ गते विराटनगरमा हस्ताक्षर हुने कार्यक्रम रहेको मुख्यमन्त्री कार्कीले बताए । २०८२ वैशाख १८ गते विराटनगरको वीरेन्द्र सभा गृहमा लगानी सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ । ७ देशका लगानी कर्ता लगानी सम्मेलनमा सहभागी हुने छ । वैशाख १९ गते लगानी सम्मेलनको दोस्रो दिन नेपालमा लगानी गर्न चाहने लगानी कर्ताले लगानी गर्ने कम्पनी सँग हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो